३२ असार २०८३, बिहीबार

परराष्ट्रमन्त्री आरजु राणा ओमन प्रस्थान

एसीपी संवाददाता

२ फाल्गुन २०८१, शुक्रबार १४:०६ मा प्रकाशित

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा आज ओमन प्रस्थान गरेकी छन् । शुक्रबारदेखि फेब्रुअरी २० सम्म ओमनको राधजानी मस्कटमा आयोजित ‘आठौँ इन्डियन ओसन कन्फरेन्स’ मा सहभागी हुन चार सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी त्यसतर्फ प्रस्थान गरेकी हुन्।

उनलाई परराष्ट्र सचिव अमृतबहादुर राइ र परराष्ट्रका अधिकारीहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरे । राणा ओमनका विदेशमन्त्री सय्यद बद्र बिन हमद बिन हमूद अल बुसाइदीको आमन्त्रणमा गएकी हुन्। सामुद्रिक साझेदारीतर्फको नयाँ क्षितिजको यात्रा मुख्य विषय राखिएको सम्मेलनमा परराष्ट्रमन्त्री राणाले नेपालका तर्फबाट सहभागिता जनाउनेछिन् ।

परराष्ट्रमन्त्री राणाले सम्मेलनको वैश्विक ग्लोबल साउथको आवाजलाई थप सशक्त पार्नेसम्बन्धी सत्रलाई सम्बोधन गर्ने कार्यक्रम छ । भ्रमणका क्रममा मन्त्री राणाले ओमनका विदेशमन्त्री, ऊर्जा र खनिज मन्त्री एवं अन्य सम्बन्धित मन्त्रालयका प्रतिनिधिहरूसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको उनका प्रेस सल्लाहकार एकराज पाठकले जानकारी दिए ।

परराष्ट्रमन्त्री राणाले मस्कटमा गल्फ कोअपरेसन काउन्सिल (जिसीसी) मा आबद्ध राष्ट्रहरुमा कार्यरत नेपाली राजदूत र कूटनीतिक नियोग प्रमुखहरूसँग भर्चुअल बैठक गर्ने कार्यक्रम पनि रहेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x