३२ असार २०८३, बिहीबार
बेलुन विस्फोटमा घाइते अर्थमन्त्री पौडेल र मेयर आचार्य काठमाडौं ल्याइए
काठमाडौं । पोखरामा आयोजित पोखरा भ्रमण वर्ष २०२५ को उद्घाटन कार्यक्रम दुर्भाग्यपूर्ण घटनाले प्रभावित भएको छ।
कार्यक्रमका क्रममा बेलुन विस्फोट हुँदा उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य घाइते भएका छन्।
घटनापछि उनीहरूलाई हेलिकप्टरमार्फत तत्काल काठमाडौं ल्याइएको छ। अर्थमन्त्री पौडेललाई थप उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल लगिएको छ भने मेयर आचार्यको स्वास्थ्य अवस्थाबारे थप जानकारी आउन बाँकी छ।
Subscribe
Login
0 Comments



