३२ असार २०८३, बिहीबार

दिनेश रोकायाको हत्यामा संलग्न ६ जना पक्राउ

एसीपी संवाददाता

४ फाल्गुन २०८१, आईतवार ०९:२५ मा प्रकाशित

बाँकेको बैजनाथ गाँउपालिका ८ हसनापुरमा एक समुहको खुकुरी प्रहारबाट मृत्यु भएका दिनेश रोकायाको हत्यामा संलग्न ६ जना पक्राउ परेका छन ।

पक्राउ पर्नेमा बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर २ बस्ने बर्ष ३० को मनिषा राना, सोही ठाउँ बस्ने बर्ष ३४ को राम बहादुर राना,वडा नम्बर ६ बस्ने बर्ष १८ क भिजन नेपाली, वडा नम्बर बस्ने बर्ष १८ को सुजन बुढा, जिल्ला दाङ बबई गाउँपालिका वडा नम्बर६ बस्ने बर्ष २७ की अमृता डांगी र जिल्ला जजरकोट शिवलय गाउँपालिका वडा नम्बर७ बस्ने बर्ष २९ को हिम बहादुर बुढा रहेका छन।

सोही गाउँपालिका–८ बिचलाईनस्थित विवाह कार्यक्रममा वादविवाद हुँदा उनीहरूले दिनेश समेत ६ जनालाई शुकबार राति कुटपिट गरेर घाइते बनाएका थिए। गम्भीर घाइते भएका दिनेशलाई मेडिकल कलेज कोहलपुरमा प्राथमिक उपचारपश्चात भारतको लखनउ पठाइएको थियो।

उपचारका क्रममा आइतबार बिहान दिनेशको मृत्यु भएको हो। साथै कुटपिटबाट घाइते भएका अन्य ५ जनाको मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x