बर्दियामा भेलाले किशोरीहरुको सशक्तिकरणका लागि ६ बुदे संकल्प सहित सामुहिक हस्ताक्षर
बर्दिया – प्लान इन्टरनेसनल नेपालको साझेदारीमा बाँके युनेस्को क्लब र राधा कृष्ण थारु जनसेवा केन्द्र को सयुक्त आयोजनामा फागुन २ र ३ गते मधुबन नगरपालिका -१ पत्थरबोझिमा सम्पन्न किशोरिहरुको भेलाले किशोरीहरुको सशक्तिकरणका लागि ६ बुदे संकल्प सहित सामुहिक हस्ताक्षर गरेका छन् । गुलरिया मधुवन र बधैयाताल गाउँ पालिकाका ३५ जना किशोरी हरुले बालिका सम्मेलन कार्यक्रम मा सो संकल्प गरेका हुन । विवाहको उमेर २० बर्ष नै कायम राख्न स्थानीय सरकार मार्फत नेपाल सरकार लाइ दबाब दिने , बाल बिवाह अन्त्यका लागि किशोरी क्लबको अगुवाइमा समुदाय स्तरमा सचेतना मुलक अभियानहरु संचालन गर्ने , बालबालिका तथा किशोरीहरुको समग्र बिकासका लागि बजेट बिनियोजन गर्न 
स्थानीयतह लाइ जवाफदेही बनाउने
किशोरी क्लबले नियमित रुपमा यौन तथा प्रजनन स्वास्थ्य अधिकारका बारेमा सडक नाटक रर्याली अन्तरक्रिया मार्फत समुदायमा सचेतना फैलाउने
किशोर किशोरी मैत्री स्वास्थ्य सेवाको पहुचका लागि स्थानीय तहलाई खबरदारी गर्ने 
प्रत्यक बर्ष बाल भेला , किशोरी भेला गरि योजना हरु स्थानीय सरकार समक्ष पेस गर्ने रहेको छ भने कार्यक्रम पश्चात भेलाले किशोरी हरुको ससक्तिकरण का लागि ९ बुदे ज्ञापन पत्र तयार गरि स्थानीय सरकार लाइ पेस समेत गरेका हुन् ।
कृष्ण पाण्डे ले सहजीकरण गरेको उक्त कार्यक्रममा बाल अधिकार, बाल बालिका माथि हुने हिंशा किशोरीहरुका सवाल ,चुनौती र समाधानका उपाय साथै स्थानीय योजना प्रक्रिया का बारेमा छलफल गरियको थियो । कार्यक्रममा समूह छलफल मार्फतकिशोरीहरुले भोगेका चुनौतिहरु र समाधानका उपायहरु प्रस्तुत गरियको थियो ।
कार्यक्रमको समापन सत्रमा स्थानीय जनप्रतिनिधि र किशोरी बीच सम्बाद कार्यक्रम समेत संचालन गरियको थियो । सम्बाद कार्यक्रमा गुलरिया नगरपालिकाका नगर उप प्रमुख सावित्रा गौतम र मधुबन नगरपालिकाका उपप्रमुख अनिता चौधरी सहभागिता रहेको थियो ।
सम्बादमा किशोरी हरुले बाल बिवाह लागु औषध दुर्व्यसनी ,किशोरी मैत्री बजेट शिक्षा ,स्वास्थ्य,लगायतका सवाल मा जिज्ञाशा राखेका थिए भने दुवै पालिकाका उप प्रमुख ले बालिका तथा किशोरीहरुले भोगेका समस्याहरुलाई समाधान गर्ने स्थानीय सरकार बिशेष जोड दियर लाग्ने प्रतिबद्ता सहित किशोरीहरुले सोधेका जिज्ञाशाहरुको जवाफ दियका थिए । कार्यक्रम को संचालन कार्यक्रम अधिकृत ईश्वर बिकले गर्नु भएको हो । समापन कार्यक्रममा बाँके युनेस्को क्लबका सस्थापक अध्यक्ष प्रवेज अलि सिद्दिकी, अध्यक्ष रवि कुमार तुलाधर ,बरिस्ठ उपाध्यक्ष पंचम गुरुङ र कार्यक्रम संयोजक महेश नेपालीको बिशेष उपस्थिति रहेको थियो । कार्यक्रममा संस्थाका अध्यक्ष रवि कुमार तुलाधरले कार्यक्रमको सफलताको शुभकामना ब्यक्त गर्दै स्थानीय योजना प्रक्रियामा बालिकाका सवाल लाइ समेट्नका लागि किशोरी क्लाहरुले कार्ययोजना बनाउन उत्प्रेरित गर्नु भयको थियो भने कार्यक्रम संयोजक महेश नेपालीले सहेत मन्तब्य राखेका थिय । त्यसैगरी सशक्त बालिका परियोजनाका कार्यक्रम संयोजक गोविन्द लामिछाने ,फिल्ड सुपर भाइजर भगवती बिक ,नागमा मनिहर ,मिनु थारु र राम बहादुर थारुको उपस्थिति रहेको थियो ।




