३२ असार २०८३, बिहीबार

दारुल उलूम रानीबन मा तेस्रो तालिम कार्यक्रम सम्पन्न

एसीपी संवाददाता

९ फाल्गुन २०८१, शुक्रबार ०८:४९ मा प्रकाशित

काठमाडौं, रानीबन – अल्लाह तआलाको कृपाले, अरब इस्लामिक इन्स्टिच्युट फर अल इण्डिया एण्ड नेपाल को सुपरिवेक्षणमा रिहाब अरब युनिभर्सिटी, दारुल उलूम रानीबन मा तेस्रो तालिम कार्यक्रम आफ्ना सम्पूर्ण गतिविधिसहित सुरु भएको छ।

यस विशेष अवसरमा मास्टर बिलाल सर ले कार्यक्रमका अतिथिहरूलाई नेपाली भाषामा स्वागत गर्नुभयो। सम्माननीय अतिथिहरूमा रानीबन नगरजुन-१ वडाध्यक्ष रमेश्वर लामा तथा मुस्लिम आयोगका सदस्य सम्माननीय अधिवक्ता महमदीन साहब समेत उपस्थित हुनुहुन्थ्यो।

वार्षिक समारोह को अवसरमा वडाध्यक्ष रमेश्वर लामा ज्यू ले आफ्नो मन्तव्य राख्नुभएको थियो।

यसैगरी, दारुल उलूम देओबन्दका प्रतिष्ठित आलिम मौलाना शाह आलम साहब गोरखपुरी ले बयान भाग-७ प्रस्तुत गर्नुभयो।

कार्यक्रमको अर्को विशेष अंशमा दार्जा-ए-हिफ्जका विद्यार्थी मुहम्मद रेहान (पुत्र: मुहम्मद हलीम साहब) ले नेपाली भाषामा आम जनसमुदाय सामु प्रभावशाली सम्बोधन गर्नुभयो।

सलाना जलसा 2025 को यो कार्यक्रम अत्यन्त नै सफल र भावनात्मक रह्यो, जसले धार्मिक एवं शैक्षिक वातावरणलाई थप बलियो बनाएको आशा गरिएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x