३२ असार २०८३, बिहीबार

निजी क्षेत्रका लागि व्यवसायिक वातावरण सुनिश्चित गर्दैछौं! – गृहमन्त्री लेखक

एसीपी संवाददाता

१६ फाल्गुन २०८१, शुक्रबार २०:५४ मा प्रकाशित

( नेपालपाना) गृहमन्त्री रमेश लेखकले सरकारले ल्याएका अध्यादेशहरू प्रक्रियागत कारणले ढिलो भएको स्वीकार्दै छिट्टै सदनबाट स्वीकृत हुने दाबी गरेका छन्।

शुक्रबार राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) को आठौं राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले सरकारले व्यवसायिक वातावरण सुनिश्चित गर्न अध्यादेश ल्याएको बताए।

“केही प्राविधिक र प्रक्रियागत कारणले अध्यादेश प्रतिस्थापन गर्न ढिलाइ भएको हो। समयभित्रै सदनले स्वीकार गरेर नयाँ कानुन बनाइनेछ,” उनले स्पष्ट पारे।

निजी क्षेत्र उत्साहित, शिक्षा विधेयक पारित गर्ने तयारी

गृहमन्त्री लेखकले सरकारको नीति निजी क्षेत्रलाई उत्साहित पार्ने खालको रहेको उल्लेख गर्दै, “संविधानले तीन खम्बे अर्थनीति अंगालेको छ, सरकारले व्यवसायिक वातावरण सुनिश्चित गर्दैछ,” भने।

उनले शिक्षा विधेयक यही अधिवेशनबाट पारित गरिने जानकारी दिँदै, लोकतन्त्रकै कारण मुलुकमा थुप्रै विश्वविद्यालय स्थापना भएको बताए।

स्थिर सरकारका लागि गठबन्धन आवश्यक : लेखक

कांग्रेस–एमाले समीकरणबारे उठेका प्रश्नहरूमा गृहमन्त्री लेखकले यो सरकार केही नेतालाई प्रधानमन्त्री वा मन्त्री बनाउनका लागि मात्रै नभएर, स्थिरता, सुशासन र समृद्धिको यात्राका लागि बनेको दाबी गरे।

“अहिलेको गठबन्धन मुलुकलाई स्थिर सरकार दिने र देशलाई दीर्घकालीन रूपमा अगाडि बढाउने उद्देश्यले बनेको हो,” उनले स्पष्ट पारे।

उनको भनाइले सरकारको नीति, अध्यादेश स्वीकृतिको तयारी, शिक्षा सुधार र गठबन्धनको औचित्यमाथि सरकारको धारणा स्पष्ट पार्ने प्रयास भएको देखिन्छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x