३२ असार २०८३, बिहीबार

वर्तमान सरकारलाई जोगाएर लैजानुपर्छ – देउवा

एसीपी संवाददाता

१९ फाल्गुन २०८१, सोमबार १५:२४ मा प्रकाशित

भैरहवा : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकारलाई जोगाएर लैजानुपर्ने बताएका छन् ।

प्रतिनिधिसभा क्षेत्रीय सभापति तथा क्षेत्रीय प्रशिक्षण शाखा प्रमुखहरुको प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रमलाई आज सम्बोधन गर्दै देउवाले सरकरालाई सफल बनाउन एकताबद्ध भएर अघि बढ्नुपर्ने बताएका हुन् । देउवाले ओली नेतृत्वको सरकार पछि आफ्नो नेतृत्वमा सरकार बन्ने भएकाले एकतावद्ध बन्नु आवश्यक रहेको जिकिर गरेका हुन् ।

‘हामी एकताबद्ध भई अघि बढ्नुपर्छ। त्यसो भएका खण्डमा भोलि हाम्रो सरकार बनेका खण्डमा उहाँहरूको पनि पूरा भरोसा रहनेछ,’ देउवाले भने।

देउवाले पार्टीभित्र देखा परेका मतभेदलाई अन्त्य गरेर धेरै सिट जित्ने गरी चुनावको तयारीमा लाग्न नेता कार्यकर्ताहरुलाई निर्देशन दिए । उनले पार्टीले एक्लै बहुमत ल्याउन सक्ने अवस्था नरहेको स्वीकार गर्दै धेरै सिट जित्नुपर्ने धारणा राखेका हुन् । उनले भने ‘बहुमत ल्याउन नसकेता पनि कांग्रेसलाई सबैभन्दा ठूलो पार्टी बनाउनुपर्छ ।’

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x