३२ असार २०८३, बिहीबार

प्रचण्ड सरकार जुन कारणले गिर्यो त्यही कारणले वन्यो काग्रेस र एमालेको गठवन्धन

ओम आचार्य

२३ फाल्गुन २०८१, शुक्रबार १९:१४ मा प्रकाशित<

काठमाडौं –  नेपाली काग्रेस भित्र संस्थापन र सस्थापन इतर समुह विच अहिले पन्ध्रौ महाअधिवेशनको विसयले प्रवेस पाएको छ ! महाअधिवेशन को चर्चाले काग्रेस भित्र विस्तारै तापक्रम बडाउदै गएको छ!संस्थापन समुहको विचारले वडाएको तापक्रमले काग्रेस विस्तारै कालो हुदै जाने स्थिति छ भने अर्को सस्थापन इतर समुहको विचारले बडाएको तापक्रमले सुन जस्तै चौविस क्यारेटमा परिवर्तित हुदै जाने स्थिती छ ! काग्रेसलाइ सबल र सांगठनिक रुपमा दरो र मजवुत वनाउने हो भने अहिले  संस्थापन र संस्थापन इतरबाट काग्रेसले गर्ने भनिएको  पन्ध्रौ महाअधिवेशन निर्धारित मीति र समयमा हुनुपर्छ यही स्वरमा एक स्वर वनाउनु पर्छ!कुनै पनि कुरा समयमै  गरे निस्चित परिणाम आउछ अन्यथा लक्ष्य प्राप्त हुदैन ! काग्रेसको महाअधिवेशन गर्ने भनिएको समय र मौसम विधानले तोकेको समय हो ! बालि लगाउदा  समय र मौसम मै बालि लगाए फल लाग्छ अन्यथा जल मल र परिश्रम वालुवामा पानि हाले सरह हुन्छ! यो विसयमा अहिलेको सस्थापनको नेतृत्व गरिरहनु भएका सभापति शेर वाहादुर देउवा बडी जिम्मेवार र सजग हुदै सबै पदाधिकारीहरुलाइ समयमै महाअधिवेशन गर्ने ध्रृढ धारणा वनाउन  उर्दि जारी गर्नु पर्छ!

समुहले वर्तमान गठवन्धन सरकारसंग गरेको सहमती लाइ काग्रेसमा  सत्ता हस्तान्तरण हुन्छ भनेर विस्वस्त हुनु आफैमा आस्चर्य छ!

संस्थापन इतरले यस विसयमा पटक पटक विचार राखिरहेको छ ! गठवन्धन सरकारमा काग्रेस रहे पनि सरकारमा काग्रेस नभएको अनुभुती रहेको भनाइ राख्दै आएका छन डा. शेखर कोइरालाले!अहिले डा. शेखरले मेची महाकाली दौडाहा गरिरहेका छन र पन्ध्रौ महाअधिवेशन निर्धारित मिति र समयमै हुनु पर्छ अन्यथा काग्रेस अरु कमजोर वन्दै जाने वताउदै आएका छन !
अहिले देशको राजनीतिमा काग्रेसको उपस्थिती र प्रभाव कम हुदै र देखिन्दै गरेको समयमा संस्थापनले गर्नु पर्ने काम डा.शेखरले गर्दै आएका छन ! देशका जील्ला जील्लामा पुगेर महाअधिवेशन कुरा मात्र राखेन उनले काग्रेस भित्र जागरण र काग्रेसलाइ क्रियाशिल पनि वनाउदै काग्रेसको उपस्थिती र प्रभाव पनि बढाइरहेका छन !
संस्थापनको राजनीति डा. शेखरमा केन्द्रित 
 संस्थापन भित्र पनि पन्ध्रो महाअधिवेशनमा सभापतिका आंकाक्षीहरुको भीड बुढानिलकंठमा भएको उपस्थितीले देखिन्छ!त्याहा चिन्ता डा. शेखरको बढ्दै गएको लोक प्रियता र काग्रेस भित्र एकल उम्मेदवार भए जस्तो देखिएको हुदा त्यस्को तोड वनाउनु पर्ने दवाब सभापतिलाइ दिएको देखिन्छ!
अहिले काग्रेस संस्थापनले आफ्नो सबै उर्जा र शक्ती डा.शेखरको विरोधमा खर्चिएको देखिन्छ! यही शक्ती र उर्जा काग्रेस सवल र सांगठिकरुपमा दरो र बलियो वनाउन लाग्नु पर्नेमा त्यस्तो भएको देखिन्दैन !
सस्थापन समुह भित्रका नेताहरु सबैले पाटी सभापती देउवालाइ दरो वनाउन मात्र लागे उनिहरुले कहिल्यै पनि आफ्नो गुट वनाउने तिर लगेन ! अहिले गुट नवाएकोमा चिन्ता र कमजोर भएको महशुश गर्दै सस्थापनका नेताहरु देउवाको आशिर्वाद पाउन इच्छुक छन ! अहिले आफ्नो गुट वनाउने तिर लागेका छन!र त्याहा भित्र गुट गुट वन्दै छ !यौटा समुहले  आसिर्वाद पाउने वितिक्कै संस्थापन भित्र  भोलि यहि गुटनै संस्थापनलाइ भारी पर्ने देखिन्दै छ!र ति गुट पनि .डा. शेखर संग नजिकिन्दै जाने छन !
गठवन्धन लाइ संविधान संशोधनको चुनौती
गठवन्धनको मुल अभिप्राय संविधान संशोधनको मुध्दा हो ! यो त्यति सहज र सरल छैन ! काग्रेस र एमाले को गठवन्धन ले प्रचण्ड सरकारको रातारात सरकार गिर्नु लाइ सम्झेका पक्कै  छन ! प्रचण्ड सरकार गिर्नु र काग्रेस र एमालेको गठवन्धन वन्नु जुन कारणले प्रचण्ड सरकार गिर्यो त्यही कारणले एमाले र काग्रेसको गठवन्धन वन्यो !
कारण थियो संविधान संशोधन !प्रचण्ड सरकारमा अघोषित मुध्दा थियो संविधान संशोधन त्यो हुन सकेन अहिले घोषित रुपमै संबिधान संशोधनको मुध्दा छ !
अहिले राजनीतिक रुपमा जुन जुन शिर्षक र बुदामा संविधान संशोधनको मुध्दा छ ति मात्रै हुन की अरु विसय पनि छ! अहिले बाहिर चर्चामा नआएको विसय पनि संविधान संशोधनको विसय हुन सक्छ?त्यो सरकारले राख्न सकिरहेको छैन !  अहिले राजाबादीहरुको आन्दोलन क्रमश बडिरहेको छ ! यो दलगत राजनीतिको कारण  वितृष्णा देशमा भ्रष्टचार  कुशुशान बढीरहेकै कारण राजावादीहरु हौसेका हुन र जनताले पनि वाक्क र दिक्क भएर त्यतापट्टी आकर्षण बढाएका हुन ! यो राजावादीहरुको आन्दोलन अहिलेको गठवन्धन सरकारको लागी अनुकुल र सहयोगी वन्दै गएको देखिन्छ! यो आन्दोल चरम सिमामा पुगोस गठवन्धन सरकार चाहान्छ ! र यस्तो अवस्था र परिस्थिती निर्माण होस की गणतन्त्रको रक्षाको लागी सबै दल एक ठाउमा उभिन वाध्य भएर संविधान संशोधन को मुध्दामा राजावादीहरु समेतको उपस्थितिमा संविधान संशोधन गर्ने छन ! त्यतिखेर काग्रेस र एमाले ले संविधान संशोधन को बुदा र शिर्षक नराखेको शिर्षक पनि समेट्दै संविधान संशोधन हुनेछ ! जुन संशोधन गर्न नसकेर प्रचण्डको नेतृत्वको सरकार गिर्यो!
4 1 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x