३२ असार २०८३, बिहीबार

प्रचण्ड अत्तालिएर र सन्तुलन गुमाएर बोलिरहेको राप्रपाको आरोप

एसीपी संवाददाता

१ चैत्र २०८१, शनिबार २३:०१ मा प्रकाशित

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले नेपाली जनता परिवर्तनको पक्षमा उभिएपछि ‘अत्तालिएका, सन्तुलन गुमाएका’ नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले राजा ज्ञानेन्द्रमाथि ‘तुच्छ, अमर्यादित, बिना प्रमाणको लाञ्छना’ लगाएको बताएको छ ।

पार्टीले प्रचण्डको अभिव्यक्तिको घोर भत्र्सना गर्दै ‘राप्रपा मुकदर्शक भएर नबस्ने’ जिकिर गरेको छ । प्रचण्डलाई यस किसिमको ‘गैरजिम्मेवार पूर्वाग्रही’ अभिव्यक्ति नदोहोर्‍याउन चेतावनी समेत पार्टीले दिएको छ ।

राप्रपाको आन्दोलन परिचालन समितिका संयोजक समेत रहेका महामन्त्री डा. धवल शमशेर राणाको अध्यक्षतामा शनिबार केन्द्रीय कार्यालयमा बसेको आन्दोलन परिचालन समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

राप्रपाका प्रवक्ता सगुनसुन्दर लावतीले बताए अनुसार आन्दोलन परिचालन समितिको निर्णयमा भनिएको छ, ‘चैत १ गते नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले राजा ज्ञानेन्द्रलाई इंगित गर्दै तुच्छ अमर्यादित, बिना प्रमाणको आरोप लाञ्छना लगाएकोमा राप्रपा आन्दोलन परिचालन समिति घोर भत्र्सना गर्दछ ।’

‘नेपाली जनता परिवर्तनको पक्षमा देखिएपछि अत्तालिएर पुष्पकमल दाहालले सन्तुलन गुमाएको आम नेपाली जनताले राम्ररी बुझेका छन्,’ राप्रपा आन्दोलन परिचालन समितिको ठहर छ, ‘परिवर्तन देश र समयको आवश्यकता हो, परिवर्तन निश्चित छ ।’

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x