३२ असार २०८३, बिहीबार

भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार डोभाल र अमेरिकी गुप्तचरका गबार्ड बिच भेटवार्ता

एसीपी संवाददाता

३ चैत्र २०८१, सोमबार १७:३३ मा प्रकाशित

भारत – भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले नयाँ दिल्लीमा अमेरिकी राष्ट्रिय गुप्तचर निर्देशक तुलसी गबार्डसँग भेटवार्ता गरेका छन्।  भेटमा दुई देशबीचको सम्बन्धका विविध पक्षमा विस्तृत छलफल भएको थियो ।  यस बैठकमा विशेष गरी आतंककारी र भारत विरोधी गतिविधि गर्न अमेरिकामा स्थान नपाउने सहमति भएको हो ।

भारतिय राष्ट्रिय सुरक्षा सल्लाहकार (एनएसए) अजित डोभाल र अमेरिकी राष्ट्रिय गुप्तचर निर्देशक तुलसी गब्बार्डबीच भएको भेटमा अमेरिकामा भारत विरोधी गतिविधिलाई ठाउँ नदिने सहमति भएको छ।  डोभाल र गाबार्डबीचको यो द्विपक्षीय भेट २० देशका गुप्तचर विभागका प्रमुखहरूको बैठकको छेउमा भएको थियो।

NSA डोभालको अध्यक्षतामा भएको खुफिया प्रमुखहरुको सम्मेलनमा गबार्ड बाहेक, शीर्ष क्यानाडाली गुप्तचर अधिकारी डेनियल रोजर्स र बेलायती गुप्तचर एजेन्सी MI-6 प्रमुख रिचर्ड मूर पनि उपस्थित थिए।  सम्मेलनले आतंकवाद र उदीयमान प्रविधिबाट उत्पन्न हुने खतरालगायत विभिन्न सुरक्षा चुनौतीहरूको सामना गर्न सहयोग अभिवृद्धि गर्ने विषयमा केन्द्रित थियो।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x