३२ असार २०८३, बिहीबार

नेपाल र भारतबीचको ऐतिहासिक सम्बन्ध

एसीपी संवाददाता

४ चैत्र २०८१, मंगलवार २२:३७ मा प्रकाशित

नेपाल र भारतबीचको ऐतिहासिक सम्बन्धलाई अझ मजबुत बनाउने उद्देश्यसहित परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र भारतीय विदेशमन्त्री डा. एस. जयशंकरबीच आज नयाँ दिल्लीमा महत्वपूर्ण द्विपक्षीय वार्ता सम्पन्न भएको छ।

भारतीय विदेश मन्त्रालयको आयोजनामा जारी राइसिना डाइलगमा सहभागी हुन नयाँ दिल्ली पुगेकी मन्त्री डा. राणाले भारतीय समकक्षीसँग भेटवार्ता गर्दै दुई देशबीचको साझेदारीलाई थप विस्तार गर्ने विषयमा स्पष्ट धारणा राखेकी छिन्। भेटका क्रममा मन्त्री डा. राणाले नेपालले भारतसँगको सम्बन्धलाई जहिले पनि उच्च प्राथमिकतामा राख्दै आएको र साझा हितका विषयमा सहकार्य गर्न नेपाल सधैँ तयार रहेको उल्लेख गरिन्।

वार्तामा नेपाल–भारतबीच हालैका दिनमा भएका उच्चस्तरीय भ्रमण, द्विपक्षीय भेटघाट र सहकार्यका पहलहरुबारे विस्तृत छलफल भएको थियो। साथै, दुई देशबीचको व्यापार, ट्रान्जिट सुविधा र जलस्रोत विकासका क्षेत्रमा हासिल प्रगतिबारे समेत विचार विमर्श गरिएको छ।

दुबै मन्त्रीहरुले आपसी लाभका क्षेत्रमा सहकार्यलाई थप तीव्र बनाउँदै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्। वार्ताले नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास गरिएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x