३२ असार २०८३, बिहीबार

लयमा फर्कियो आयात-निर्यात, वैदेशिक व्यापार पौने दुई खर्बले वृद्धि

एसीपी संवाददाता

७ चैत्र २०८१, शुक्रबार १०:०९ मा प्रकाशित

मुलकको आयात–निर्यात व्यापार लामो समयपछि लयमा फर्किएको छ। चालु आर्थिक वर्षको आठ महिनामा १३ खर्ब तीन अर्बको वैदेशिक व्यापार भएको छ। यो गत वर्षको तुलनामा करिब पौने दुई खर्बले बढी हो। यसरी हेर्दा आयात निर्यात व्यापार गत आवको सोही अवधिमा वैदेशिक व्यापार ११ खर्ब ३० अर्ब रूपैयाँ थियो। कुल वैदेशिक व्यापार १५.२९ ले बढेको छ। फागुनमा मात्र एक खर्ब ५७ अर्ब रूपैयाँको वस्तु आयात भएको हो।

भन्सार विभागले बिहीबार सार्वजनिक गरेको तथ्यांक अनुसार पोहोरको तुलनामा निर्यात ५७.२० प्रतिशत र आयात ११.२० प्रतिशतले बढेको छ। आठ महिनामा ११ खर्ब ४५ अर्ब ५६ करोड रूपैयाँको वस्तु आयात भएको छ भने एक खर्ब ५८ अर्ब १७ करोड रूपैयाँको वस्तु निर्यात भएको छ। निर्यात व्यापारमा उल्लेख्य सुधार हुनु र उपभोग बढेको कारण आयात पनि वृद्धि भएको छ। यो अर्थतन्त्रका लागि सुखद संकेत हो।

मुलुकको व्यापार घाटा नौ खर्ब ८७ अर्ब ३९ करोड रूपैयाँ व्यापार घाटा छ। गत वर्षको सोही अवधिमा नौ खर्ब २९ अर्ब ६० करोड ब्यापार घाटा थियो। यो वर्ष गत आवको तुलनामा ६.२२ प्रतिशतले व्यापार घाटा बढेको छ।

नेपालको सबैभन्दा धेरै व्यापार घाटा भारतसँग रहेको छ। आठ महिनामा भारतबाट ६ खर्ब ८८ अर्ब रूपैयाँ मूल्यका वस्तु आयात भएका छन् भने एक खर्ब २५ अर्ब रूपैयाँ बराबरको वस्तु निर्यात भएको छ। त्यसैगरी चीनबाट दुई खर्ब १९ अर्ब बराबरको वस्तु आउँदा दुई अर्ब १२ करोड रूपैयाँ बराबरको मात्र निर्यात भएको छ।

वनस्पति तेल निर्यातले निर्यातमा उल्लेख्य सुधार आएको देखिएको छ। फागुन मसान्तसम्म २२ करोड ८५ लाख ४८ हजार एक सय ९४ किलो सोयाबिन तेल निर्यात भएको छ। ४७ अर्ब ९४ करोड रूपैयाँ बराबरको सोयाबिन तेल निर्यात भएको छ।

त्यसैगरी सात अर्ब ९८ करोड २३ लाख बराबरको सनफ्लावर तेल निर्यात भएको छ। सात अर्ब २१ करोड २४ लाख रूपैयाँ बराबरको कार्पेट तथा टेक्सटाइल, पाँच अर्ब ८४ करोड रूपैयाँको अलैंची निर्यात निर्यात भएको छ।

यो अवधिमा सबैभन्दा धेरै मूल्यको वस्तु आयात हुनेमा पेट्रोलियम पदार्थ रहेको छ। विभागका अनुसार ७८ अर्ब ८६ करोड रूपैयाँको डिजेल आयात भएको छ। ६२ करोड अर्ब रूपैयाँका सवारी साधन, ५१ अर्ब ३५ करोड रूपैयाँको सोयाविन, ४२ अर्ब ८० करोड रूपैयाँ को पेट्रोल, ४१ अर्ब रूपैयाँको खाना पकाउने ग्यास आयात भएको छ। नागरिकन्युज

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x