३२ असार २०८३, बिहीबार

सूचिकरण बिना नेपालमा सामाजिक सञ्जाल चलाउन नपाइने, सरकारको कडा नियम

एसीपी संवाददाता

७ चैत्र २०८१, शुक्रबार १०:४५ मा प्रकाशित

काठमाडौं । सरकार सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित बनाउन थप कडाइ गर्दै सामाजिक सञ्जाल सञ्चालन गर्ने कम्पनी तथा संस्थाहरूलाई सूचिकरण अनिवार्य गर्ने भएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सामाजिक सञ्जाल सञ्चालन गर्न चाहने कम्पनी वा संस्थाले आवश्यक कागजात संकलन गरी मन्त्रालयमा सूचिकरण गर्नुपर्ने व्यवस्था लागू गरेको छ।

नयाँ व्यवस्थाअनुसार, सामाजिक सञ्जाल सञ्चालन गर्ने कम्पनीहरूले नेपालमा सम्पर्क बिन्दु तोक्नुपर्नेछ। साथै, गुनासो सुन्ने अधिकारी र निगरानी संयन्त्रसमेत स्थापना गर्नुपर्नेछ। हालसम्म Viber Media S.a.r.L, TikTok Pte.ltd. र सारांश मिडिया ल्याब प्रा.लि. (Weetok) मन्त्रालयमा सूचिकरण भई सञ्चालनमा रहेका छन्।

सरकारले नेपालमा सञ्चालन भइरहेका अन्य सबै सामाजिक सञ्जाल प्लेटफर्मलाई निर्देशिकाअनुसार ३० दिनभित्र सूचिकरण गर्न निर्देशन दिएको छ। सूचिकरण नगर्ने प्लेटफर्मलाई कानुनी कारबाही गरिने मन्त्रालयले चेतावनी दिएको छ।

यसअघि नै सामाजिक सञ्जाल नियमनको विषयमा बहस हुँदै आएकोमा सरकारले ‘सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने सम्बन्धी निर्देशिका, २०८०’ जारी गर्दै थप निगरानी बढाएको हो। सरकारको यो निर्णयसँगै नेपालमा सञ्चालित सामाजिक सञ्जालहरूमा पारदर्शिता, जिम्मेवारी र निगरानी बढ्ने विश्वास गरिएको छ।

नयाँ निर्देशिका र सूचिकरण सम्बन्धी विस्तृत जानकारी मन्त्रालयको आधिकारिक वेबसाइट (https://mocit.gov.np) मा राखिएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x