३२ असार २०८३, बिहीबार

भारतीय पक्षले पनि नेपालमा लोकतान्त्रिक प्रणाली नै चाहेको छ – राणा

एसीपी संवाददाता

७ चैत्र २०८१, शुक्रबार १६:१५ मा प्रकाशित

काठमाडौं : परराष्ट्रमन्त्री आरजु राणाले भारतीय पक्षले पनि नेपालमा लोकतान्त्रिक प्रणाली नै चाहेको बताएकी छन्। भारत भ्रमण सकाएर स्वदेश फर्किएकी परराष्ट्रमन्त्री राणाले शुक्रबार सञ्चारकर्मीसँग कुरा गर्दै भारतीय पक्ष लोकतन्त्रकै पक्षमा रहेको बताइन्।

नेपालमा राजावादी सक्रिय भइरहेका बेला मन्त्री राणाले भारतीय पक्षको सन्देश नेपालमा लोकतन्त्र नै रहेको स्पष्ट पारेकी हुन्। ‘भारतीय पक्षसँग राजनीतिक विषयमा धेरै कुराकानी नभए पनि उहाँहरूले नेपालमा लोकतान्त्रिक प्रणाली नै चाहेको मैले पाएँ। अहिले सरकारसँग भारतीय पक्ष (भारतीय निकायहरू) जोडिरहनुभएको छ। सरकार नै परिवर्तन गर्ने, व्यवस्था न परिवर्तन गर्ने खालको आशय उहाँहरूमा मैले देखिनँ,’ मन्त्री राणाले भनिन्।

उनले राइसिना डायलग कार्यक्रममा नेपालको पक्षमा वकालत गरेको र विभिन्न साइडलाइन वार्ताहरू पनि गरेको बताइन्। उनले विपिन जोशीको रिहाइका लागि अमेरिकादेखि युरोप र एसियाका विभिन्न देशका सरकारका प्रतिनिधिहरूसँग छलफल गरेको बताइन्। अमेरिकाबाट आउने आर्थिक सहायताका विषयमा पनि त्यहाँका प्रतिनिधिसँग आग्रह गरिएको उनको भनाइ छ। अन्नपूर्णपोस्ट

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x