३२ असार २०८३, बिहीबार

गाजामा फ़ेरि हमला शुरु

एसीपी संवाददाता

८ चैत्र २०८१, शनिबार २१:२६ मा प्रकाशित

गाजामा जनवरी १९ मा भएको युद्धविरामपछि शान्ति भंग भएर फेरि युद्ध सुरु भएकोमा थाइल्याण्डले निराशा व्यक्त गरेको छ। इजरायलले मंगलबारदेखि युद्धग्रस्त क्षेत्रमा नयाँ आक्रमण थालेपछि यो अवस्था आएको हो।

हमासले चलाएको गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार यो युद्धविरामपछिको सबैभन्दा घातक आक्रमणमा ५०० भन्दा बढीको ज्यान गएको छ। थाइल्याण्डको विदेश मन्त्रालयले शुक्रबार एउटा विज्ञप्ति निकाल्दै भनेको छ, ‘गाजामा फेरि शत्रुता सुरु भएकोमा हामी निकै चिन्तित र निराश छौँ।’ दक्षिणपूर्वी एशियाली यो देशले सबै पक्षलाई संयम अपनाउन, शत्रुता रोक्न र युद्धविराम तथा बन्धक सम्झौता लागू गर्न वार्ता फेरि सुरु गर्न आग्रह गरेको छ।

थाइल्याण्डले गाजामा रहेका एक थाइ नागरिकसहित बाँकी बन्धकको रिहाइ र दुई थाइ नागरिकको शव फिर्ताको माग गरेको छ। सन् २०२३ अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण गर्दा ३१ थाइ नागरिक अपहरणमा परेका थिए।

तीमध्ये २३ जना त्यही वर्षको अन्त्यसम्म रिहा भएका थिए भने मे महिनामा दुई जनाको मृत्यु भएको पुष्टि भएको थियो। जनवरीको युद्धविरामअन्तर्गत फेब्रुअरीमा थप पाँच थाइ नागरिक घर फर्केका थिए। अहिले एक थाइ नागरिक गाजामा जीवित रहेको अनुमान छ। एएफपी / नागरिक

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x