३२ असार २०८३, बिहीबार

राजतन्त्रको सपना देख्न छाडौं, लोकतन्त्रको विकल्प छैन — महामन्त्री शर्मा

एसीपी संवाददाता

८ चैत्र २०८१, शनिबार २१:३२ मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले लोकतान्त्रिक गणतन्त्रको विकल्प कुनै हालतमा राजतन्त्र हुन नसक्ने दोहोर्याएका छन्। तनहुँमा कांग्रेस जिल्ला कार्यसमितिद्वारा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै उनले राजसंस्थाको पुनर्स्थापनाबारे फैलिएको भ्रम चिर्न सम्पूर्ण नागरिकलाई आग्रह गरे।

शर्माले जनतामा निराशा र असन्तोष बढेको यथार्थ स्वीकार गरे पनि त्यसको समाधान लोकतान्त्रिक प्रणालीमै खोज्नुपर्नेमा जोड दिए। वर्तमान व्यवस्थालाई अझ मजबुत बनाउनु आजको आवश्यकता हो, उनले भने।

हालै सम्पन्न स्ववियु निर्वाचनको सन्दर्भ ल्याउँदै उनले विद्यार्थीहरुले दिएको म्यान्डेटले नै राजतन्त्रप्रतिको समर्थन कमजोर रहेको पुष्टि गरेको दाबी गरे। “स्ववियु निर्वाचनको नतिजाले स्पष्ट पार्‍यो — राजतन्त्र जनताको एजेन्डा होइन,” शर्मा बोले।

पार्टीभित्र एकता आवश्यक रहेको उल्लेख गर्दै उनले कांग्रेस बलियो नभएसम्म मुलुकको लोकतान्त्रिक मूल्यमान्यता मजबुत हुन नसक्ने बताए। “सबै कार्यकर्ता एक ढिक्का भएर लाग्नु पर्छ, पार्टी बलियो बनाउनु अहिलेको पहिलो प्राथमिकता हो,” उनले भने।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x