३२ असार २०८३, बिहीबार
जनमत पार्टी र नाउपार्टी बिच एकीकरण हुने
काठमाडौं मा जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी बिच एकीकरणको बारेमा बैठक भएको छ । बैठकमा जनमत पार्टीका तर्फबाट मा. अब्दुल खान, डा. शरद सिंह यादव, बाल गोविन्द चौधरी तथा नागरिक उन्मुक्ति पार्टीका तर्फबाट मा. गंगा चौधरी, सुनिता चौधरी, रामलाल डगोरा थारु सहभागी भएका थिए ।
बैठकमा दुबै दलका नेताहरूले सम्भावित एकताको मोडालिटी, साझा विचारधारा तथा भावी रणनीतिका विषयमा छलफल गरेका छन् । कार्यदललाई प्रभावकारी बनाउन र एकीकरण प्रक्रियालाई तीव्रता दिन थप बैठकहरू आयोजना गरिने सहमति भएको जनाइएको छ ।
जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच पछिल्लो समय राजनीतिक सहकार्यका प्रयासहरू भइरहेका छन् । दुबै दल मधेस केन्द्रित राजनीतिक मुद्दाहरूमा क्रियाशील रहँदै आएका छन् । यस बैठकपछि उनीहरूबीचको एकता प्रक्रिया कति अगाडि बढ्छ भन्ने चासो राजनीतिक वृत्तमा बढेको छ ।
Subscribe
Login
0 Comments



