३२ असार २०८३, बिहीबार

जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी द्वारा छ्लफल

एसीपी संवाददाता

१८ चैत्र २०८१, मंगलवार १९:१५ मा प्रकाशित

बर्दिया =  नागरिक उनमुक्ती पार्टीको संस्थापक तथा संरक्षक बौधिक नेता माननिय. रेशम लाल चौधरी संग जनमत पार्टी का उपाध्यक्ष पुर्ब खाने पानी मन्त्री अब्दुल खानले उनको निज निवास बर्दियामा भेट्घाट गर्नु भएको छ । माननीय चौधरीको निवास बर्दिया,तुलापुर स्थित विशेष भेटघाट तथा राजनितिक विषय वस्तुमा छलफल भएको पुर्ब मन्त्री खान बताउनु भयो । हाम्रो राजनीतिक भेट्घाट तीब्र रूपमा आगाडि बढी रहेको जानकारी दिनु भयो । देश भरी चर्चाको विषय बनेको जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी बिच एकीकरण र त्यस पश्चात् पुर्ब प्रधानमन्त्री बाबुराम भट्टराईको पार्टी संग एकीकरण गर्ने अभियान रहेको छ । उक्त एकीकरण अभियानलाई थप बलियो बनाउने र आवश्यक छ्लफलहरु गर्दै जाने बताउनु भयो । भेट्मा लुम्बनी प्रदेशका माननिय राजकुमार थारु तथा जनमत पार्टीका बर्दिया जिल्लाका नेताहरुको पनि उपस्थिति रहेको थियोे । बर्दियामा रहेको कारगारको अनुगमन तथा निरक्षण समेत दुबै नेताले संयूक्त रुपमा गर्नु भयो । कारागार अवस्था बेवस्था बारे सम्बन्धि कर्मचारी संग जानकारी लिनु भयो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x