३२ असार २०८३, बिहीबार

चिनियाँ लगानी रहेको भैरहवा विमान स्थल बाट अन्तर्राष्ट्रिय उडान बन्द हुँदै

एसीपी संवाददाता

२० चैत्र २०८१, बिहीबार ०९:५७ मा प्रकाशित

रुपन्देही –  रुपन्देही जिल्लाको भैरहवा मा रहेको गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल पुनः संकटमा परेको छ  । यहाँ बाट हुँदै आएको अन्तर्राष्ट्रिय उडान बन्द हुने भएका छ्न  । मार्च २९ अर्थात यही चैत १६ गते सम्म केही चहलपहल रहेको थियोे भने अब उपरान्त यहाको चहलपहल बन्द हुने भएको हुँदा ब्यापारी हरु मर्कामा पर्मे सम्भावना बनेको छ ।


अलमलमा पर्‍यो पोखरा र भैरहवा विमानस्थल अध्ययन उपसमिति

अब अन्तर्राष्ट्रिय उडानको कुनै कम्पनी तयार नहुदा  विमान स्थल  सुनसान बन्न पुगेको हो ।गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलबाट सञ्चालनका लागि यहाँबाट उडान भरिरहेको वायुसेवा कम्पनीले गर्मीयामका लागि ‘समर शेड्युल’ लिएका छैनन् । यसले अब यहाँबाट सातामा एक दिन नेपाल एयरलाइन्सको विमान बाहेक अन्य अन्तरराष्ट्रिय उडान हुने छैन ।त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल १८ घण्टा सञ्चालन आएसँगै भैरहवाबाट उडान भरिरहेका विमान बन्द हुने भएको नेपाल सरकारको ध्यानाकर्षण गराएका हुन । भैरहवामा अन्तर्राष्ट्रिय विमान स्थलमा चिनियाँ सरकार बाट ऋण बाट लिएको पैसा बाट निर्माण गरेको हो र अहिलेसम्म नेपाल सरकार फसेको छ ।  चिनियाँ ऋणका कारण पोखरा विमान स्थल समेत घाटामा रहेको छ । नेपाल सरकारले चीन बाट लिएको ऋण तिर्न नसकेको श्रीलंकाको जस्तो आउने हो कि जनताको डर रहेको छ ।


पोखरा विमानस्थलको ‘अग्रगामी छलाङ’: चिनियाँ ऋणमा दोस्रो उडान, सरकारको बेवास्ता

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x