३२ असार २०८३, बिहीबार

मुम्बई हमलाको मास्टर माइन्ड तहव्वुर राणालाई भारत ल्याइयो

एसीपी संवाददाता

२७ चैत्र २०८१, बिहीबार १८:१२ मा प्रकाशित

मुम्बई हमलाको मास्टर माइन्ड तहव्वुर राणालाई लिएर आएको विशेष विमान बिहीबार दिउँसो दिल्लीको पालम विमानस्थलमा उत्रिएको छ ।

भारतीय मिडियाका अनुसार अब एक छिनमा एनआईएले उनलाई पक्राउ गर्ने प्रक्रिया अघि बढाएको छ। अमेरिकाले उनलाइ भारत सुपुर्दगी गरिदिएको हो ।

समाचार एजेन्सी आइएनएसको रिपोर्ट अनुसार तहव्वुर राणालाई कडा सुरक्षामा एयरपोर्टबाट एआइए को मुख्यालयमा लगिनेछ, जहाँ मेडिकल टोलीले कानूनी प्रक्रिया अनुसार उनको मेडिकल जाँच गर्नेछ।

केन्द्रीय मन्त्री पियुष गोयलले भने, आजको दिन धेरै महत्त्वपूर्ण छ। सन् २००८ मा मुम्बईमा आतंकवादी हमला भएको थियो। हामीले त्यो हमलाका आरोपी तहव्वुर राणालाई भारत फिर्ता ल्याएका छौं। प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहको निरन्तर प्रयासले यो सफल भएको हो।ू

राणालाई भारतको कानुनबमोजिम कडा कारबाही गरिने छ र अहिंसाका साथसाथै हिंसा गर्नेलाई कारबाही गर्नु पनि उत्तिकै जरुरी छ ।”

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x