३२ असार २०८३, बिहीबार

अमेरिका र चीनबीचको व्यापार युद्ध झनै चर्किने

एसीपी संवाददाता

२९ चैत्र २०८१, शनिबार १६:४३ मा प्रकाशित

अमेरिका र चीनबीचको व्यापार युद्ध झनै चर्किएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ७५ भन्दा बढी देशलाई भन्सार शुल्कमा ९० दिनको अस्थायी राहत दिएका छन्, तर चीनलाई भने कठोर दबाब दिँदै १४५ प्रतिशतसम्मको ट्यारिफ लगाएका छन्। यस्तो आक्रामक नीतिका बाबजुद ट्रम्पले चीनसँग व्यापार सम्झौताको ढोका खुला रहेको संकेत दिएका छन्।

ह्वाइट हाउसकी प्रेस सेक्रेटरी क्यारोलिन लेभिटले शुक्रबार पत्रकार सम्मेलनमा बताइन् कि राष्ट्रपति ट्रम्प चीनसँग संवादको लागि तयार छन् र सम्भावित सम्झौताप्रति आशावादी छन्। राष्ट्रपति ट्रम्प स्पष्ट रुपमा सम्झौताको पक्षमा छन्, तर यदि चीनले प्रतिरोधको नीति जारी राख्यो भने त्यसको मूल्य चुकाउनु पर्नेछ, उनले भनिन्।

चीनले अमेरिकाबाट आयात हुने सामानमा जवाफी कर लगाउन सक्ने सम्भावनाका सन्दर्भमा सोधिएको प्रश्नमा लेभिटले १४५ प्रतिशत ट्यारिफको स्तर उल्लेख गरिन् र ट्रम्प प्रशासनले त्यसलाई ‘मजबुत प्रतिक्रिया’का रूपमा हेर्ने स्पष्ट पारिन्।

बेइजिङसँग हाल प्रत्यक्ष सम्पर्कको कमीबारे प्रश्न उठ्दा उनले भनिन्, हामी पारदर्शितालाई प्राथमिकता दिन्छौं र आवश्यक अद्यावधिकहरू दिइनेछ।

ट्रेड वारका कारण विश्व बजारमा समेत ठूलो तरंग सिर्जना भइरहेको छ। ७५ भन्दा बढी देशले अमेरिकासँग ट्यारिफ र व्यापार नीतिका विषयमा छलफल गर्न पहल गरिसकेका छन्। लेभिटका अनुसार यी देशहरू अमेरिकी कामदारमाथिको शोषण अन्त्य गर्न र व्यापार असन्तुलन सुल्झाउन इच्छुक छन्।

यसबीच, चीनसँगको तनाव सुल्झाउने नाममा ट्रम्पले बलियो कूटनीतिक सन्देश दिए पनि ट्यारिफको कठोरताको बीचमा त्यो सम्भव हुने वा नहुने भन्ने प्रश्न अझै बाँकी छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x