३२ असार २०८३, बिहीबार

समाचार लेखेकै आधारमा पत्रकारलाई थुन्ने र सञ्चारमाध्यम बन्द गर्ने कुरा सह्य हुँदैनन : अध्यक्ष लम्साल

एसीपी संवाददाता

२९ चैत्र २०८१, शनिबार १७:११ मा प्रकाशित

नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालले समाचार कक्षहरू समावेशी हुनुपर्ने बताउनु भएको छ । शुक्रवारबाट सुरु भएको फोनिजको आठौं महाधिवेशनमा सम्बोधन गर्दै अध्यक्ष लम्सालले यस्तो बताउनु भएको हो ।

उहाँले पत्रकारिता क्षेत्र समावेशिता र सहभागीताको मूल आधार बन्नु पर्ने धारणा राख्नुभयो। समावेशी पत्रकारिता नहुन्जेल लोकतान्त्रिक संचार प्रणाली सुदृढ नहुने उहाँको भनाइ थियो। मातृभाषामा प्रकाशित समाचारपत्र र तिनमा कार्यरत पत्रकारहरूको वृत्ति विकासका लागि राज्यले विशेष योजना ल्याउनुपर्नेमा अध्यक्ष लम्सालले जोड दिनुभयो। ‘राज्यले अध्ययन भ्रमण, तालिम र क्षमता विकासमा लगानी गर्नुपर्छ,’ लम्सालले भन्नुभयो।

साना लगानीमा सञ्चालित स्वरोजगारमूलक सञ्चार माध्यमहरूलाई सरकारले संरक्षण गर्नुपर्ने आवश्यकता औंल्याउँदै अध्यक्ष लम्सालले मुलुकको लोकतान्त्रिक परिवर्तनमा पत्रकारहरूको योगदान उल्लेखनीय रहेको बताउनु भयो। ‘राजाको शासन टिकेन, सत्ताहरू टिकेनन, जब पत्रकारको आवाज दबाउन खोजियो। त्यसैले आज पनि पत्रकारलाई समाचार लेखेकै आधारमा थुन्ने, सञ्चारमाध्यम बन्द गर्ने प्रयासहरू सह्य हुँदैनन,’ लम्सालले भन्नुभयो ।

सञ्चार तथा सूचना प्रसवधिमन्त्री पृथ्वीसुब्बा गुरुङले उदघाटन गर्नुभएको फोनिजको महाधिवेशनमा उद्घाटन सत्रमा देशभरबाट आएका पत्रकारहरूको उल्लेख्य उपस्थिति रहेको थियो। जनताटाईम्स

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x