३२ असार २०८३, बिहीबार

सौगात र बेनिशा स्टारर फिल्म ‘सिटामोल’को प्रदर्शन मिति घोषणा

एसीपी संवाददाता

२ बैशाख २०८२, मंगलवार ०७:५३ मा प्रकाशित

काठमाडौं । सौगात मल्ल र बेनिशा हमाल स्टारर फिल्म ‘सिटामोल’को प्रदर्शन मिति घोषणा भएको छ । नयाँवर्ष २०८२ को अवसरमा पोस्टर सार्वजनिक गर्दै निर्माताले प्रदर्शन मिति घोषणा गरेका हुन् ।

यो फिल्म २३ साउनमा रिलिज हुनेछ । राजबहादुर सानेको निर्देशन रहेको फिल्मको पोस्टरमा सौगात र बेनिशालाई दम्पतीको रुपमा देखाइएको छ ।

प्रदीप भारद्धाज र राजबहादुर सानेको लेखन रहेको फिल्मलाई भूगोलकुमार कार्की र विकासराज जोशीले निर्माण गरेका हुन् । अप्सरा नेपाली, अजय मल्ल र कुमार केसी कार्यकारी निर्माता हुन् । गंगाराम श्रेष्ठ सहायक निर्माता हुन् । अनलाइनखबर

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x