३२ असार २०८३, बिहीबार

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा शिक्षाप्रद शिविर सम्पन्न नेपलगञ्ज

एसीपी संवाददाता

८ बैशाख २०८२, सोमबार २०:४९ मा प्रकाशित

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा Active union Organization र नेपाल मुस्लिम शान्ति समाजको संयुक्त आयोजनामा नेपलगञ्जको Mero Planet मा एक दिवसीय Educational Camp सम्पन्न भएको छ। कार्यक्रममा विभिन्न तहमा उत्कृष्ट नतिजा ल्याउने मुस्लिम विद्यार्थीहरूलाई सम्मान गरिएको थियो।

कार्यक्रमका आयोजक डा. जैनुल आबेदिनका अनुसार, कक्षा १ देखि लिएर जनरल मेडिसिन अध्ययनरत उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कार प्रदान गरिएको हो। सम्मानस्वरूप साना बच्चाहरूलाई टिफिन बक्स, स्कुल झोला, कपी, पेन्सिल, कलर र कप प्रदान गरिएको थियो।

कार्यक्रममा नेपाल मुस्लिम शान्ति समाजका नूर मोहम्मद अन्सारी विशेष अतिथिको रूपमा सहभागी थिए। त्यसैगरी पत्रकार शाहिदा शाह वाहिदी, पत्रकार अमन अन्सारी, मेराज हिमालया, सैयद सरवर नेपाली, फिरोज वारसी, अथर हुसैनलगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा विद्यार्थीहरूका अभिभावकहरूको समेत विशेष उपस्थिति र सहभागिता रहेको थियो। यस किसिमका कार्यक्रमहरूले विद्यार्थीहरूमा हौसला प्रदान गर्नुका साथै शिक्षा र सामाजिक चेतनामा सकारात्मक प्रभाव पार्ने विश्वास आयोजकहरूले व्यक्त गरेका छन्।

5 1 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x