३२ असार २०८३, बिहीबार

नेपाल र भारतबीच शहरी विकासको क्षेत्रमा सहकार्य हुने

एसीपी संवाददाता

१० बैशाख २०८२, बुधबार १८:२० मा प्रकाशित

उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंह र भारतका विद्युत, आवास तथा शहरी मामिला मन्त्री मनोहरलाल भट्टरबीच भेटवार्ता भएको छ।

मन्त्री भट्टरले बुधबार उपप्रधानमन्त्री सिंहलाई शहरी विकास मन्त्रालय पुगेर भेट गरेका हुन् । भेटमा दुई देशको हित, पारस्परिक सम्बन्ध र शहरीकरणको क्षेत्रमा सहकार्यका विषयमा छलफल भएको छ ।

‘भारतले शहरी विकासको क्षेत्रमा पछिल्लो समय गरेको प्रगति, फोहोर मैला व्यवस्थापन र शहरी यातायातमा हासिल गरेको उपलब्धीको अनुभव आदानप्रदान गर्ने र आगामी दिनमा यीनै विषयमा सहकार्यका बारेमा सकारात्मक छलफल भएको छ,’ भेटपछि शहरी विकास मन्त्रालयका सचिव गोपाल सिग्देलले भने।

उनले नपाल र भारत सरकारबिच शहरीकरणका अनुभव आदानप्रदान र सहायता परिचालनका लागि एमओयू तयार भइरहेको र त्यसमा छिटै सहमति भएपछि शहरी विकासको क्षेत्रमा दुई देशबिच औपचारिक सहकार्य अघि बढ्ने पनि जानकारी दिए । नागरिकन्युज

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x