सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीको भारतमा भावी स्वागत
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहको औपचारिक भारत भ्रमण भव्यरुपमा सफल भएको छ ।
उत्तर प्रदेश भारतका माननीय मुख्यमन्त्री योगी आदित्यनाथ र उत्तराखण्ड भारतका माननीय मुख्यमन्त्री पुष्कर सिंह धामी बाट उच्चस्तरिय मान सम्मान र द्विपक्षीय हितका लागि वार्ता संवाद भएको छ ।
यो भ्रमणले द्विपक्षीय सरोकार र हितका विषयमा संवाद गर्न संघिय सरकारको मात्रै भर पर्नु पर्ने बाध्यता अन्त्य हुनेछ । समकालीन मुख्यमन्त्रीहरु मध्ये कमल बहादुर शाह ले देखाउनु भएको यो उत्कृष्ट क्षमता प्रशंसनीय छ । भारत भ्रमणमा रहेका सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाह र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथबिच भेटवार्ताले नयाँ आयाम जोडिएको हो ।
सोमबार मुख्यमन्त्री शाह र समकक्षी योगी आदित्यनाथबिच लखनउमा भेटवार्ता भएको हो ।
मुख्यमन्त्री शाहको नेतृत्वमा १० सदस्यीय टोली भारत भ्रमणमा रहेको छ । बैशाख १६ गते देखि २२ गते भ्रमणको कार्यतालिका रहेको छ । मुख्यमन्त्री शाहले राजनीतिक भेट् सिमानाकामा हुने समस्याको समेत समाधान गर्न सहयोग हुने आशा रहेको छ ।



