३२ असार २०८३, बिहीबार

भारतीय राजदूतले भेटे पहलगाममा मारिएका सुदीप न्यौपानेको परिवार

एसीपी संवाददाता

२९ बैशाख २०८२, सोमबार १२:५५ मा प्रकाशित

भारतीय राजदूत नवीन श्रीवास्तवले जम्मू–कश्मीरको पहलगाममा गरिएको आतंकवादी हमलामा मारिएका नेपालका सुदीप न्यौपानेको परिवारलाई भेटेका छन्।
नेपालस्थित भारतीय दूतावासका अनुसार आइतबार उनले न्यौपानेको परिवारलाई भेटेर समवेदना व्यक्त गरेका हुन्।
भेटका क्रममा उनले ‘पीडित परिवारलाई आतंकवाद विरुद्धको लडाइँमा र पहलगाम आतंकवादी हमलाका दोषीहरूलाई न्यायको कठघरामा ल्याउन भारत सरकारको दृढ प्रतिबद्धता रहेको आश्वासन’ दिएका थिए।
गत अप्रिल २२ गते भारतको जम्मू–कश्मीरको पहलगाममा आतंकवादीहरुले न्यौपानेसहित २६ पर्यटकको हत्या गरेका थिए।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x