३२ असार २०८३, बिहीबार

आगामी बर्ष लुम्बिनीमा अन्तर्राष्ट्रिय स्तरकाे बुद्ध जयन्ती मनाउने प्रधानमन्त्रीकाे घाेषणा

एसीपी संवाददाता

१ जेष्ठ २०८२, बुधबार ०८:१८ मा प्रकाशित

लुम्बिनी।प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वर्ष लुम्बिनीमा अन्तर्राष्ट्रिय स्तरको बुद्ध जयन्ती भव्य रूपमा मनाउने घोषणा गरेका छन।लुम्बिनीमा आयोजित २५६९ औं बुद्ध जयन्ती मूल समारोहको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सो घोषणा गरेका हुन ।

उनले लुम्बिनीको गुरुयोजना निर्माण भइसकेको उल्लेख गर्दै त्यसलाई पूर्ण रूपमा कार्यान्वयन गर्न सरकार प्रतिवद्ध रहेको बताए।बुद्धका उपदेश विश्वका लागि सन्दर्भयोग्य छन् । झण्डै झण्डै भारत र पाकिस्तानबीच हातहालाहालकाे स्थिति आएको थियो´उनले भने-हामीले संयमित हुन आग्रह गर्‍यौँ । बुद्धका शान्तिका सन्देशहरू अहिले पनि, जहिले पनि, जहाँ पनि सान्दर्भिक छन् ।´

उनले विश्व मानव अस्तित्व र पृथ्वीको सुरक्षाका लागि बुद्धको सन्देश फैलाउनु आवश्यक रहेको धारणा राखे ।`बुद्धका उपदेश छन, शान्तिका उपदेश छन्, मानवताका उपदेश छन्, करुणाका उपदेश छन् । यी सबैलाई आत्मसात् गर्न हामी सबैले आवश्यक ठान्नुपर्छ´ प्रधानमन्त्री ओलीले भने ।

बुद्धकाे सन्देश र उपदेशको विस्तारका लागि लुम्बिनी बौद्ध विश्वविद्यालय स्थापना गरिएको उल्लेख गर्दै उहाँले बुद्ध दर्शन, बुद्धका सिद्धान्त, र ऐतिहासिक महत्त्वका बारेमा खुलेर चर्चा गरे।

उहाँले भिक्षु आनन्दप्रति आभार प्रकट गर्दै त्रिपिटकलाई भोजपत्रमा लेखी लिपिबद्ध रूपमा सुरक्षित राखिएको स्मरण गरे । त्रिपिटकको पहिलो लिपि म्यूजियममा अझै रहेको जानकारी समेत दिए।

प्रधानमन्त्री ओलीले बुद्धका शिष्यहरूको योगदानको प्रशंसा गर्दै शान्ति, करुणा र प्रेमजस्ता मूल्यको प्रचारमा उनीहरूले महत्त्वपूर्ण भूमिका खेलेको बताए। हिंसाबाट टाढा रहन र मैत्रीभाव तथा करुणाको विकास होस् भन्ने उद्देश्यले काम गरिएको उहाँको भनाइ थियो । सफल पोष्ट

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x