३२ असार २०८३, बिहीबार

ईरान–इजरायल तनावबीच भारतले नेपालीहरूलाई पनि स्वदेश फर्किन सहयोग गर्ने

एसीपी संवाददाता

९ असार २०८२, सोमबार ०९:४९ मा प्रकाशित

काठमाडौं । इरान र इजरायलबीचको सैन्य तनाव चर्किंदै गइरहेका बेला भारत सरकारले इरानमा रहेका भारतीय नागरिकहरूसँगै नेपाली तथा श्रीलंकाली नागरिकलाई पनि सुरक्षितरूपमा स्वदेश फर्काउने तयारी गरेको छ।

तेहरानस्थित भारतीय दूतावासले नेपाल र श्रीलंकाका नागरिकहरूसमेतलाई सहायता उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ। दूतावासले आपतकालीन अवस्था र सम्भावित सुरक्षाजन्य जोखिमलाई ध्यानमा राख्दै प्रभावित वा फसिएका नागरिकहरूलाई तुरुन्त सम्पर्क गर्न आग्रह गरेको छ।

दूतावासले सार्वजनिक गरेको सूचनामा भनिएको छ, “इरानस्थित नेपाली तथा श्रीलंकाली नागरिकहरूले दूतावाससँग टेलिग्राम च्यानलमार्फत वा निम्न आपतकालीन सम्पर्क नम्बरहरूमार्फत तुरुन्त सम्पर्क राख्न सक्नुहुन्छ।”

आपतकालीन सम्पर्क नम्बरहरू:

📞 +98 901 014 4557

📞 +98 912 810 9115

📞 +98 912 810 9109

इरानमा हाल नेपाली नागरिकहरूको ठ्याक्कै संख्या यकिन छैन तर शिक्षालगायत विभिन्न पेशागत कारणले केही नेपालीहरू त्यहाँ कार्यरत छन्। सुरक्षाजन्य जोखिम बढिरहेको अवस्थामा नेपाल सरकारले पनि आफ्ना नागरिकको अवस्थाबारे निगरानी राखिरहेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ।

ईरान र इजरायलबीच पछिल्ला दिनमा बढ्दो तनावले पश्चिम एसियाली क्षेत्र अस्थिर बन्दै गएको छ। यो पृष्ठभूमिमा भारतद्वारा नेपाली नागरिकहरूलाई समेत उद्धारमा समावेश गर्नु सकारात्मक कदमको रूपमा हेरिएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x