१५ भाद्र २०८३, सोमबार

चीनको नाका रसुवागढी भन्सार क्षेत्र टिमुरेमा ठुलो बाढीपहिरो

एसीपी संवाददाता

२४ असार २०८२, मंगलवार १०:१२ मा प्रकाशित

छिमेकी चिन तर्फ भएको अविरल बर्षाकारण आज बिहान करिब ३ः१५ बजे भोटेकोशी नदिमा एक्कासी आएको बाढीले (रसुवाको) रसुवागढी भन्सार क्षेत्र टिमुरेमा ठुलो क्षेति पुर्याएको खवर छ।

बाढीले नेपाल र चीनियाँ नाका तिब्बत जोड्ने मितेरी पुल समेत बगाएको छ। रसुवागढी भन्सार क्षेत्रमा पार्किङ गरिएका सयौं गाडिहरु, भन्सार गर्न राखिएका सामानहरु बगाएको छ भने कतिपय मानिसहरु समेत बगाएको र नदि क्षेत्रमा फसेको भन्ने खवर छ।

त्यस क्षेत्रमा यतिबेला छिटोभन्दा छिटो मानवीय उद्दारको आवश्यकता रहेको त्यस क्षेत्रमा रहेका एक ब्यबसायीले जानकारी दिए। उनका अनुसार सिन्धुपाल्चोकका पनि धेरै ब्यापारी बाढी आएकोले ठुलो नोक्सानीको अनुमान गरिएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x