९ मंसिर २०८३, मंगलवार
नेपालगन्ज उपमहानगरपालिका ८ को कार्यलयको आर्थिक सहयोगमा ब्युटि पार्लर र च्याउ तालीम सम्पन्न
नेपालगन्ज – नेपालगन्ज उपमहानगरपालिका ८ नम्बर वडा कार्यालयको आर्थिक सहयोग र फातिमा फाउण्डेशन नेपाल बाँके काे आयोजनामा ३५ जना लाई आधारभूत व्यूटी पार्लर एक महिने तालिम सम्पन्न भएको छ ।
नेपालगन्ज उपमहानगरपालिका ८ का अध्यक्ष रजनीश बाजपेयीको अध्यक्षतामा समापन कार्यक्रम सम्पन्न भएको हो । जेठ २० गते देखि शुरु भएको तालीम असार २० गते सम्म प्रशिक्षण दिइएको आयोजकले जनाएको हो । कार्यक्रम सहभागीहरुलाई आज प्रमाणपत्र हस्तान्तरण गरिएको अध्यक्ष वाजपेईले जनाउनु भयो ।
यसै गरी ८ नम्बर वडा कार्यालयको सहयोग र लक्ष्मी च्याउ फर्म को आयोजनामा ३१ जाना लाई ३ दिने कन्य च्याउ तालिम दिइएको छ । उक्त तालिम उपमहानगरपालिका वडा नम्बर ८ रानी तालाव स्थित दुर्गा मन्दिर नजिक तालिम सम्पन्न भएको हो ।
Subscribe
Login
0 Comments


