लागू औषधि सहित एक जना युवक पक्राउ
रुपैडिहा , बहाराइच = स्थानीय प्रहरी र सशस्त्र सीमा बल (एसएसबी) को संयुक्त टोलीले हिजो राति ९:४५ बजे एक युवकलाई १०० ग्राम स्म्याकसहित पक्राउ गर्न सफल भएको छ । जिल्ला बहाराइच रुपईडिहा प्रभारी निरीक्षक रमेश सिंह रावतले दिएको जानकारीमा प्रहरी टोलीमा एसआई विजय कुमार, हेड कन्स्टेबल स्वतन्त्र विक्रम सिंह, कन्स्टेबल हेमन्त वर्मा र सन्दीप चौहान थिए भने एसएसबीतर्फबाट निरीक्षक भरत पाठक, एसआई विजय कुमार घोष, हेड कन्स्टेबल आलोक कुमार र डग ह्यान्डलर मोहम्मद फारूक लागु औसधि मा संलग्न थिए रावतले जानकारी दिए ।
भारत–नेपाल सीमाक्षेत्रमा गस्ती गर्ने क्रममा पिलर नम्बर ६५१/२ नजिक रेलवे लाइन हुँदै एक युवक अँध्यारोमा तीव्र गतिमा नेपालतर्फ जाँदै गरेको अवस्थामा फेला परे। मुखबिरबाट पहिल्यै सूचना प्राप्त भएकोले टोलीले उनलाई खेदेर पक्राउ गर्यो। खानतलासी गर्दा उनको साथबाट १०० ग्राम स्म्याक बरामद गरिएको रुपईडिहा प्रभारी निरीक्षक रमेश सिंह रावतले बताएका छन ।
पक्राउ परेका युवकको पहिचान १९ वर्षीय राजन उर्फ राजा अवस्थी, पुत्र राम नारायण अवस्थी, बारा जिल्लाको रामनगर थाना अन्तर्गत रजनापुर गाउँका बासिन्दाको रूपमा भएको छ। उनको विरुद्ध एनडीपीएस ऐनअन्तर्गत मुद्दा दर्ता गरी बहराइचको सम्मानित अदालतमा पेश गरिएको रावतले बताए।


