१५ भाद्र २०८३, सोमबार

बंगलादेशमा हिन्दू व्यापारीको ढुङ्गा हानेर हत्या

एसीपी संवाददाता

३१ असार २०८२, मंगलवार ०८:५२ मा प्रकाशित

बंगलादेशको राजधानी ढाकामा भीडले एक हिन्दू व्यापारीलाई कुटपिट गरी हत्या गरेको घटना सार्वजनिक भएको छ।

जुलाई ९ मा आक्रमणकारीहरूले पहिले व्यापारी लाल चन्द सोहाग (३९) लाई इँटा र ढुङ्गाले कुटे र त्यसपछि मिटफोर्ड अस्पताल नजिकै उनको टाउको र शरीरलाई निर्ममतापूर्वक खुट्टाले कुल्चेर हत्या गरेका हुन्।

भीडले व्यापारीको लुगा समेत फुकालेको थियो र केही आक्रमणकारीहरू उनको शरीरमा उफ्रँदै नाचिरहेको देखिन्थ्यो। मिडिया रिपोर्टका अनुसार हिंसाको कारण जबरजस्ती असुली र व्यापारिक विवाद भएको बताइएको छ। यद्यपि, घटनाको पछाडिको वास्तविक कारण अझै थाहा हुन सकेको छैन।

घटनापछि देशभर व्यापक विरोध प्रदर्शन सुरु भएको छ। वकिल युनुस अली अकंदले हत्याको छानबिन गर्न उच्चस्तरीय समिति गठनको माग गर्दै आइतबार उच्च अदालतमा रिट निवेदन दायर गरेका छन्।

मुद्दामा १९ जनालाई अभियुक्तको रूपमा नाम दिइएको छ र १५-२० जना अज्ञात व्यक्तिहरू पनि संलग्न छन्। प्रहरीले अहिलेसम्म पाँच जनालाई पक्राउ गरिसकेको छ। मुद्दाको सुनुवाइ सोमबार हुनेछ।

लाल चन्दकी बहिनी मञ्जुआरा बेगम (४२) ले बिहीबार प्रहरी चौकीमा हत्याको उजुरी दिएकी छिन्। घटनामा प्रहरीले महमुदुल हसन मोहिन, तारेक रहमान रबिन, आलमगीर, मोनिर र एक जनालाई पक्राउ गरेको छ ।

घटनापछि हत्याका दोषीहरूलाई कडा सजायको माग गर्दै गए राति धेरै विश्वविद्यालय र केही जिल्लाहरूमा विरोध प्रदर्शनहरू भएका छन्।

जुलुसमा विद्यार्थीहरूले बीएनपीलाई आफ्ना नेता तथा कार्यकर्ताहरूलाई नियन्त्रण गर्न असफल भएको आरोप लगाए। एजेन्सी / नागरिकन्युज

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x