१५ भाद्र २०८३, सोमबार

नक्कली नोट सहित एक जना पक्राउ

एसीपी संवाददाता

३१ असार २०८२, मंगलवार १३:२७ मा प्रकाशित

कोहलपुर: बाँकेको कोहलपुरमा नक्कली नोटको कारोबार गरेको आशंकामा एक युवा पक्राउ परेका छन् । कोहलपुर नगरपालिका-१२ ज्ञानज्योति टोलबाट नक्कली नोटको कारोबार गरी चलाउन खोजेपछि पसल सञ्चालकले आशंका गरेर प्रहरीलाई खबर गरेका थिए ।

फाईल तस्बिर

इलाका प्रहरी कार्यालय कोहलपुरका निमित्त प्रमुख देवराज भट्टराईले ५ सय दरका ३ थान नक्कली जस्तो देखिने नोट सहित बिश्वास अधिकारीलाई नियन्त्रणमा लिएको बताएका छन् ।

‘किराना पसलमा सामान किन्न गएका अधिकारीले दिएको नोटमा आशंका लागेपछि प्रहरीलाई खबर गरिएको थियो’, इलाका प्रहरी कार्यालय कोहलपुरका निमित्त प्रमुख भट्टराईले भने, ‘तत्कालै खटाइएको प्रहरी टोलीले अधिकारीलाई नोट सहित नियन्त्रणमा लिएको छ ।’

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x