१५ भाद्र २०८३, सोमबार

१२ औँ विश्व स्ट्रेन्थ लिफ्टिङ एण्ड ईन्क्लाईन बेन्च प्रेस च्याम्पियनसिपका लागि बाँकेबाट ३ जना खेलाडी सहभागी

एसीपी संवाददाता

३१ असार २०८२, मंगलवार १३:३८ मा प्रकाशित

नेपालगञ्ज – थाइल्याण्डको पटायामा  हुने  विश्व स्ट्रेन्थ लिफ्टिङ एण्ड ईन्क्लाईन बेन्च प्रेस च्याम्पियनसिपका लागि नेपाली खेलाडीहरु प्रस्थान गरेका छ्न ।

श्रावण १ गते देखि  ४ गते सम्म  २०२५ जुलाई १६ देखि १९ तारिख सम्म थाइल्याण्डको पटायामा हुने १२ औँ विश्व स्ट्रेन्थ लिफ्टिङ एण्ड ईन्क्लाईन बेन्च प्रेस च्याम्पियनसिपका लागि बाँकेबाट ३ जना खेलाडी सहभागी रहेका छ्न ।

नेपालगन्ज २ घरबारी टोल बाट सन्तोष काजी शाक्य , नेपालगञ्ज १२ कोरियनपुर का करण बाडिया  र नेपालगञ्ज ७ डिएसपी रोड  मोहित गुप्ता सहित बाँके बाट  ३ जना खेलाडीले प्रतियोगितामा सहभागी हुने छ्न भने अन्य जिल्ला बाट खेलाडी समेत सहभागिता जनाउने छ्न ।

१२ औँ विश्व स्ट्रेन्थ लिफ्टिङ एण्ड ईन्क्लाईन बेन्च प्रेस च्याम्पियनसिपमा सहभागी हुने परिवरिक श्रोतले जनाएको छ । उक्त खेलमा नेपालबाट ८ जाना खेलाडी मध्य बाके जिल्ला बाट ३ जना खेलाडि सहभागी हुने छन् । बाँके जिल्ला स्ट्रेन्थ लिफ्टिङ संघ बाट ३ जाना खेलाडीहरू लाई बिदाई कार्यक्रमगरि नेपालगञ्जबाट शुभकामना लिदै खेलाडी त्यस तर्फ प्रस्थान गरेका हुन ।

यस अघि कजाकिस्तानमा भएको ११ औं वर्ल्ड स्ट्रेन्थ लिफ़्टिंग एण्ड ईन्क्लाइन बेन्च प्रेस चैम्पियनशिप मा करण वाडीया जुनियर तर्फ़ २ गोल्ड मेडल , मोहित गुप्ता सिनियर तर्फ़ १ सिल्वर र १ ब्रोंज मेडल जितेका थिए ।

नेपालका लागि ठुलो मात्रामा पदक जितेर राष्ट्रको इज्जतलाई संसारभर उच्च राख्न प्रयत्नशील रहने बताउँदै बाडियाले भन्नुभयो, अधिकांश खेलाडीले आफ्नै खर्चमा प्रतियोगितामा भाग लिनु परेको दुखेसो पोख्दै यस विषयमा राज्यले ध्यान दिन जरुरी रहेको उल्लेख गर्नु भयो ।

देशको मेडल ल्याउन रास्ट्रको मानसम्मन का हामी आफ्नो आर्थिकले नै प्रतियोगिता सहभागी हुने लागेको दु:ख पोखेका हुन भने देशको खेल्न पाएको नेपाली जनताको आशिर्वादले हामी खुसी छौ भने ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x