१५ भाद्र २०८३, सोमबार

नेपाली नक्कली नोट र अफिमसहित दुई जना पक्राउ

एसीपी संवाददाता

३१ असार २०८२, मंगलवार १६:४९ मा प्रकाशित

लागुऔषध नियन्त्रण ब्युरो नेपालगञ्ज र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको संयुक्त टोलीले कोहलपुर–११ स्थित न्यूरोडमा रहेको जनगर्जन नेटवर्क प्रालि को शाखा कार्यालयबाट उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ परेका मनबहादुर सहकारी कपिलवस्तु शिवराज नगरपालिका–९ घर भई हाल कोहलपुर–११ मा बसोबास गर्दै आएका छन् । उनले सञ्चालन गरेको कार्यालयकै कार्यकक्षबाट ५१ थान हजारका नक्कली नोट र १९ किलो ३२५ ग्राम अफिम बरामद भएको प्रहरीले जनाएको छ ।


साथै नक्कली नोट छाप्ने मेसिन, एक थान मोटरसाइकल र एक थान मोबाइल फोन पनि बरामद गरिएको छ । बाँके प्रहरीले दिएको जानकारीअनुसार, केही दिनअघि जिल्ला प्रहरी कार्यालय सुर्खेतले एक व्यक्तिलाई नक्कली नोटसहित पक्राउ गरेको थियो । प्रारम्भिक अनुसन्धानको क्रममा पक्राउ परेका व्यक्तिले कोहलपुरमा साथीसँग यस्ता अवैध गतिविधि भइरहेको भन्ने सूचना दिएपछि संयुक्त प्रहरी टोली कोहलपुरमा खटिएको हो ।

प्रहरीका अनुसार मनबहादुरले सञ्चालित संस्थाको आवरणमा गैरकानुनी गतिविधि सञ्चालन गर्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । थप अनुसन्धान जारी रहेको र उनीहरूमाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x