१५ भाद्र २०८३, सोमबार

२ करोडभन्दा बढीको ल्यापटपका पार्टपुर्जासहित चिनियाँ नागरिक पक्राउ

एसीपी संवाददाता

२ श्रावण २०८२, बिहीबार १२:३१ मा प्रकाशित

काठमाडौँमा ठूलो परिमाणमा अवैध सामानसहित एक चिनियाँ नागरिक पक्राउ परेका छन्।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले २ करोड १९ लाख ७६ हजार ७ सय रकम बराबरको विभिन्न कम्पनीका ल्यापटपका पाटपुर्जा तथा ब्याट्री, सीसी क्यामेरा, एचडी क्यामेरासहित चिनिया नागरिक यु वाङलाई सिनामंगलबाट पक्राउ गरेको हो।
उक्त सामानहरू बिक्री वितरण तथा भण्डारण गर्ने गरेको पाईएको प्रहरीले जनाएको छ।
पुरानो सिनामंगल एरियामा चिनियाँ नागरिक समेतका व्यक्तिहरूले अवैध रूपमा विभिन्न कम्पनीका ल्यापटपका पाटपुर्जा लगायतका सामानहरूको कच्चा पदार्थ ल्याई उत्पादन तथा प्रशोधन गरी बिना बिल बिजक राजस्व छली गरी भण्डारण तथा बिक्री वितरण गर्ने गरेको भन्ने गोप्य सूचनाको आधारमा गएको प्रहरी टोलीले असार ३१ गते छापा मारेको थियो।पुरानो सिनामंगल पन्चमुखी चोकस्थित पाँच तल्ले पक्की घरमा वाङ समेतले भाडामा लिई कुनै पनि संस्था तथा कार्यालयबाट इजाजत नलिई बिना बिल बिजक राजस्व छली गरी सो रकम बराबरको सो सामान भण्डारण गर्ने गरेको पाईएकोमा निज चिनियाँ नागरिक वाङलाई बरामद भएका सामान सहित थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय, हरिहरभवन, ललितपुर पठाईएको प्रहरीले जनाएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x