अपराध अनुसन्धान तथा ट्राफिक व्यवस्थापन उपकरण प्रदेश प्रहरीलाई हस्तान्तरण
नेपालगन्ज, आन्तरिक मामिला तथा कानुन मन्त्रालय लुम्बिनी प्रदेशले अपराध अनुसन्धान तथा ट्राफिक व्यवस्थापन उपकरण प्रदेश प्रहरीलाई हस्तान्तरण गरेको छ । लुम्बिनी प्रदेशको शान्ति सुव्यवस्था चुस्त दुरुस्त बनाउने हेतुले २० लाख विनियोजित बजेटबाट खरिद भई आएको अपराध अनुसन्धान तथा ट्राफिक व्यवस्थापनमा सहयोग हुने उपकरण हस्तान्तरण गरिएको हो ।
आन्तरिक मामिला तथा कानुन मन्त्री आदेशकुमार अग्रवालले उक्त सामग्री हस्तान्तरण गर्नुभएको हो । मन्त्रालयले वाक थ्रु मेटल डिटेक्टर थान र ड्रोन क्यामरा थान २ आन्तरिक मन्त्री अग्रवालले लुम्बिनी प्रदेश प्रहरी प्रमुख डिआईजी राजेन्द्र भट्टलाई एक कार्यक्रमको बीच हस्तान्तरण गर्नुभयो । यस्तै मन्त्रालयमा आयोजित अर्काे कार्यक्रम मनसुन पुर्व तयारी तथा प्रतिकार्य योजना २०८२ माननीय मन्त्री अग्रवालको अध्यक्षतामा सम्पन्न भयो । सो कार्यक्रममा मुख्यमन्त्री कार्यालयका सचिव, सबै मन्त्रालयका सचिवहरु, सुरक्षा निकायका प्रमुखहरु, पालिका महासंघका प्रतिनिधि र सरोकारवाला पक्षको उपस्थिति थियो । कार्यक्रममा मन्त्री अग्रवालले मनसुनजन्य विपदबाट धनजनको क्षति हुन नदिन सुरक्षा निकायलाई निर्देशन तथा अन्य सरोकारवाला पक्षलाई पनि आ–आफ्नो तवरबाट सहयोग गर्न अनुरोध गर्नु भयो ।
यस्तै नेपाल सरकारका गृहमन्त्री रमेश लेखकले भर्चुअल कार्यक्रम मार्फत आन्तरिक मामिला तथा कानुन मन्त्रीलाई नेपालगन्ज विमानस्थलमा रहेको विपद व्यवस्थापनका सामग्री सहितका गोदाम घर हस्तान्तरण गर्नु भयो ।


