१५ भाद्र २०८३, सोमबार

भारतीय दुतावासको सहकार्यमा नेपाली टोलीलाई बीसीसीआईको साथ, विश्वकप यात्रा सशक्त बन्दै

एसीपी संवाददाता

४ श्रावण २०८२, शनिबार १३:२० मा प्रकाशित

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आगामी जुलाई २१ देखि अगस्ट ३, २०२५ सम्म भारतको बैंगलोरस्थित राष्ट्रिय क्रिकेट एकेडेमीमा आयोजना हुने तयारी शिविरका लागि २० खेलाडीको नाम सार्वजनिक गरेको छ। भारतीय दूतावासको सहकार्य र भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) को सहयोगमा हुने उक्त बन्द प्रशिक्षण शिविर विश्व कप टी-२० छनोटको दोस्रो चरणको तयारीस्वरूप सञ्चालन हुने क्यानले जनाएको छ।

क्यानले बिहीबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, “शिविरमा सहभागि हुने २० खेलाडीको नाम सार्वजनिक गरिएको छ र नेपालमा हुने अन्य बन्द प्रशिक्षण शिविरहरू नियमित रूपमा सञ्चालन भइरहनेछन्।” क्यानले यसअघि नै भारत र नेपालको सहकार्यमा हुने तयारी कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको जनाएको थियो।

घोषित २० खेलाडीहरू:

रोहित कुमार पौडेल, कुशल भुर्तेल, मोहम्मद आसिफ शेख, लोकेश बम, अनिल कुमार साह, भीम सार्की, मोहम्मद अरिफ शेख, दिपेन्द्र सिंह ऐरी, कुशल मल्ल, रुपेश कुमार सिंह, विवेक कुमार यादव, रिजन ढकाल, प्रतिश जि.सी., नन्दन यादव, युवराज खत्री, साहब आलम, सन्दीप जोरा, सागर ढकाल, आकाश चन्द, शुभ कंशकार।

टोलीको नेतृत्व कप्तान रोहित कुमार पौडेलले गर्नेछन् भने उपकप्तानको भूमिकामा दिपेन्द्र सिंह ऐरी रहने अपेक्षा गरिएको छ। क्यानका प्रवक्ता छवि लामाका अनुसार, “शिविरमा खेलाडीहरूको फिटनेस, रणनीति र खेल कौशललाई थप सशक्त बनाउने उद्देश्य राखिएको छ।”

नेपाल क्रिकेटले पछिल्लो समय एसिया क्षेत्रमा उल्लेखनीय प्रगति गरिरहेको छ। भारतमा हुने यो शिविर नेपाली क्रिकेट टोलीका लागि ऐतिहासिक अवसरका रूपमा हेरिएको छ, जसले खेलाडीहरूलाई उन्नत स्तरको प्रशिक्षण र प्रतिस्पर्धी माहोल अनुभव गराउनेछ। प्रशिक्षक र व्यवस्थापकहरूका अनुसार, यो तालिमले टोलीलाई विश्व कप छनोटमा उत्कृष्ट प्रदर्शन गर्न टेवा पुग्ने विश्वास लिइएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x