एमाले पोलिटब्युरोको चौथो बैठक नयाँ यात्राको संकल्प
नेकपा (एमाले) पोलिटब्युरोको चौथो बैठक नयाँ यात्राको संकल्प सहित सफलतापूर्वक सम्पन्न भएको छ ।
दुई दिनसम्म चलेको यो ऐतिहासिक बैठकले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टीमा पुनरागमनलाई गम्भीर विषय मानेर गहिरो छलफल गर्यो। उहाँको सदस्यता नवीकरण विधानको धारा ८ र ९ को कानुनी र आधर समेत छलफल गरेर आगामी केन्द्रीय कमिटीको बैठकमा निर्णय गराउन कमरेडहरूले खुलेर आफ्ना कुरा राखे।
६६ जना कमरेडहरूले सचिवालयबाट प्रस्तुत विधान संशोधन प्रस्तावलाई समर्थन गर्दै बहस, सुझाव र बहुमूल्य धारणा पेस गर्नुभयो। अन्ततः बैठकले यो संशोधन प्रस्तावलाई सर्वसम्मत रूपमा स्वीकृत गर्दै साउन ५ गते केन्द्रीय कमिटी बैठकमा छलफलका लागि अगाडि बढाउने ऐतिहासिक निर्णय गर्यो।
अध्यक्ष कमरेडको भनाइ यस बैठकलाई ‘कट अफ बैठक’ को रूपमा लिँदै हामीले विगतका भ्रम, अफवाह र अराजकताका कथा यहीँ रोकेका छौँ। अब हाम्रो यात्राको एकमात्र लक्ष्य छ । सिङ्गो पार्टीलाई भावनात्मक एकतामा बाँधेर निर्णायक राष्ट्रिय शक्ति बनाउनु, र समृद्ध नेपाल, सुखी नेपालीको साझा सपना पूरा गर्नु।


