१५ भाद्र २०८३, सोमबार

स्वयंसेवकद्वारा बृहत वृक्ष राेपण

एसीपी संवाददाता

६ श्रावण २०८२, सोमबार १४:२२ मा प्रकाशित

स्वयंसेवकद्वारा बृहत वृक्ष राेपण रामबहादुर गन्धर्व ४साउन नेपाल स्वयंसेवक संघको आयोजना ,मायादेवी साझेदारी बन उपभोक्ता समूहकाे सहकार्यमा श्री झन्डा माध्यमिक बिद्यालय कपिलवस्तुकाे जग्गामा वृक्ष राेपण गरिएको छ। बिद्यालयकाे परिसर भित्र रहेको जग्गामा ब्यवसायिक सित्तलचिनउ सहजन ,माेरिङ्गाकाण ब्यवसायिक खेती गर्ने उद्देश्यले बिरुवा लगाइएको हाे ।बिद्यालयकाे करिब दस कठ्ठा क्षेत्र फलमा छ सय बिरुवा लगाइएको बिद्यालय का प्रचार्य कृष्णा टण्डनले जानकारी दिइन ।बातावरणीय संरक्षण सँगै आयआर्जन र बिद्यालयकाे दीर्घकालीन अक्षयकोषमा याेगदान पुग्ने उनले बताइन। कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेशका पुर्व स्वास्थ्य मन्त्री तथा सांसद बिष्णु पन्थीले वृक्ष राेपण गरउ औपचारिक उद्वाटन गरे। साथै उनले बिरुवा लगाउनु मात्रै हाेइन जाेगाउनु अझै महत्त्वपूर्ण कार्य रहेको बताउदै यस्काे रेखदेख बिद्यालयले गर्नुपर्नेमा जाेड दिए।नेपाल स्वयंसेवक संघका केन्द्रीय अध्यक्ष समेत रहेका खेमराज पौडेलले कार्यक्रममा माेरिंगा ,सित्तलचिनि सहिजनकाे महत्त्वकाे बारेमा प्रकास पारेका थिए। उक्त अवसरमा बाणगंङ्गा नगरपालिकाका उपप्रमुख रिता कुमारी चौधरी उद्योग बाणिज्य संघका डाेलकराम घिमिरे ,समाजसेवी उमानाथ पौडेल नेकपा एमाले नगर कमिटी अध्यक्ष तथा पुर्व वडाध्यक्ष साेमनाथ अर्याल ,नागरिक समाजका अध्यक्ष अर्जुन पाेख्रेल ,उद्योग ब्यापार संघका अध्यक्ष खिमानन्द पौडेल बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष शशी सापकोटा विभिन्न सामाजिक संघसंस्थाका पदाधिकारी अभिभावक तथा बिद्यार्थीहरूकाे उल्लेख्य उपस्थिति रहेको कार्यक्रमकाे सञ्चालन काेपिला गिरीले गरेकी थिइन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x