नेपालगन्जमा श्री जय माँ ज्वाला शक्ति केन्द्र स्पोर्ट क्लब लाठी समिति को उदघाटन समारोह सम्पन्न
नेपालगन्ज – नेपालगन्जमा आज मंगलवार श्री जय माँ ज्वाला शक्ति केन्द्र स्पोर्ट क्लब लाठी समिति को उदघाटन समारोह सम्पन्न भएको छ । बाँकेको नेपालगन्ज उपमहानगरपालिका ८ रानी तलाव स्थित कटमहेल मन्दिरमा श्री जय माँ ज्वाला शक्ति केन्द्रले आफ्नो प्रशिक्षण कार्यक्रम शुरु गरेको हो ।
मध्य तथा सुदुरपस्चिम को मुख्य केन्द्र रहेको बाँके जिल्लाको सदरमुकाम नेपालगन्जमा हरेक बर्ष दुर्गा पुजा विशेष हुने गरेको छ । लठ्ठी खेलाउने परम्पराले हरेक बर्ष झै यश बर्ष पनि लठ्ठी खेलाउने र प्रदर्शन गर्ने क्लबका मुख्य प्रशिक्षक गुरु सुरेन्द्र सिंह बाडियाले जानकारी दिनुभयो ।
अध्यक्ष गौरब कनोजिया , सचिव दुर्गेश बंशकार , सदस्य विजय कुमार पाठक , ईशा थारु बाडिया , धार्मिक सद्भाव समितिका अध्यक्ष दिपक लोध , नेपालगन्ज उमहानगरपालिका वडा नम्बर ११ का वडा सदस्य राजेश वैश्य लगायत क्लबका सम्पूर्ण खेलाडीहरु को उपस्थिति रहेको थियो ।



