१४ भाद्र २०८३, आईतवार

नेपाल–भारत सम्बन्ध, धार्मिक पर्यटन प्रवर्द्धन तथा गृह जिल्ला कपिलवस्तुसहितका विविध विषयमा छलफल

एसीपी संवाददाता

२२ श्रावण २०८२, बुधबार ११:४३ मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता तथा पूर्वसांसद अभिषेक प्रताप शाहले भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग भेट गर्दै नेपाल–भारत सम्बन्ध, धार्मिक पर्यटन प्रवर्द्धन तथा गृह जिल्ला कपिलवस्तुसहितका विविध विषयमा छलफल गरेका छन्।

छलफलका क्रममा मुख्यमन्त्री आदित्यनाथले नेपाल र भारतबीचको साझा धार्मिक र सांस्कृतिक सम्पदालाई पर्यटकीय रूपमा विकास गर्न सकिने सम्भावनाबारे जोड दिए। “नेपाल–भारत सीमावर्ती क्षेत्रमा धार्मिक पर्यटनको अपार सम्भावना छ, यसलाई व्यवस्थित गर्न सकियो भने नेपालकै अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुग्न सक्छ,” आदित्यनाथले भने ।

मुख्यमन्त्री आदित्यनाथले नेपालप्रति आफ्नो व्यक्तिगत आस्था र आत्मीयता रहेको उल्लेख गर्दै छिट्टै नेपाल भ्रमण गर्ने इच्छा व्यक्त गरेका छन्। उनले विशेषगरी काठमाडौंस्थित पशुपतिनाथ मन्दिरमा दर्शन तथा पूजा गर्ने तयारी रहेको पनि बताएका छन्।

पूर्वसांसद शाहले कपिलवस्तु लगायत सीमावर्ती क्षेत्रको समृद्धिका लागि दुई देशबीच धार्मिक तथा सांस्कृतिक सहकार्य अझ सुदृढ गर्नुपर्नेमा जोड दिएका थिए। उनले भारत सरकारको सहयोगमा ती क्षेत्रहरूमा पूर्वाधार, पर्यटन र व्यापार विस्तारका कार्यक्रम अघि बढाउन आग्रह पनि गरेका थिए।

नेपाल–भारत सम्बन्ध ऐतिहासिक, सांस्कृतिक र धार्मिक रुपमा जति सघन छ, त्यत्तिकै गरी यस्तो उच्चस्तरीय संवाद र सहकार्यले दुई देशबीचको आपसी समझदारीलाई थप प्रगाढ बनाउने विश्वास व्यक्त गरिएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x