१२ भाद्र २०८३, शुक्रबार

नेपालगञ्ज वडा नम्बर ८ मा निशुल्क कम्प्युटर तालीमको निरन्तरता

एसीपी संवाददाता

२७ श्रावण २०८२, सोमबार १८:१९ मा प्रकाशित

नेपालगञ्ज – नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ८ को कार्यालय र सामाजिक विकास मञ्चद्वारा संचालित महेन्द्र युवा सूचना केन्द्रमा निशुल्क कम्प्युटर तालीम कार्यक्रम निरन्तर सञ्चालन हुँदै आएरहेको छ ।

नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ८ रानी तलाव स्थित रहेको महेन्द्र पुस्तकालयमा महेन्द्र युवा सूचना केन्द्र सञ्चालन भए देखि नै निशुल्क कम्प्युटर तालीम हुँदै आएको हो ।

महेन्द्र युवा सूचना केन्द्रको स्थापना २०७६ साल पुष महिनामा भएको र निरन्तर कम्प्युटर तालीम प्रशिक्षण दिँदै आएको वडा सचिव प्रेम बजगाँईले बताउनुभयो ।

२०८२ साल श्रावण महिनामा ३५ जना मध्य २८ जना महिला र ७ जना पुरुषले कम्प्युटर तालीममा सहभागी रहेका छन ।

हरेक हप्ताको ५ दिन कम्प्युटर तालिम र १ दिन जीवन उपयोगी तालिम प्रशिक्षण दिने गरेको हो महेन्द्र युवा सूचना केन्द्रका प्रशिक्षक मनिषा ठाकुरले जानकारी दिनुभयो ।

साथै नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष रजनिश बाजपेयीको अध्यक्षता मा भेरी प्राविधिक शिक्षालयमा वडा का ४ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरी सहयोग गरेका छन् ।

अध्यक्ष बाजपेयीले समाजिक कार्य योगदान गर्दै आएका छ्न । वडा नम्बर ८ कार्यालयले वृद्ध र बिधवा भत्ता लगाएतका सेवाहरु घर दैलोमा दिने गरेको हो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x