११ भाद्र २०८३, बिहीबार

भारतीय विदेश सचिव मिश्री काठमाडौंमा, प्रधानमन्त्री ओलीको भारत भ्रमण एजेन्डा तय हुँदै

एसीपी संवाददाता

१ भाद्र २०८२, आईतवार १५:३७ मा प्रकाशित

काठमाडौं । भारतीय विदेश सचिव विक्रम मिश्री काठमाडौं आइपुगेका छन्। उनको यो भ्रमण प्रधानमन्त्री केपी शर्मा ओलीको आगामी भारत यात्रा तयारीसँग प्रत्यक्ष जोडिएको छ। परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको निमन्त्रणामा आएका मिश्रीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालस्थित भारतीय राजदूत नवीन श्रीवास्तव, परराष्ट्र मन्त्रालयका सहसचिव गेहेन्द्र राजभण्डारीलगायतले स्वागत गरेका थिए।

परराष्ट्र स्रोतका अनुसार भदौ ३१ गते निर्धारित प्रधानमन्त्री ओलीको भारत भ्रमणलाई सफल बनाउन एजेन्डा तय गर्न मिश्रीको भेटघाट निर्णायक हुनेछ। उनको यो दौडानमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री ओली, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत उच्चस्तरीय राजनीतिक तथा सरकारी नेतृत्वसँग भेटवार्ता हुने तय भएको छ।

मिश्री र सचिव राईबीच आजै द्विपक्षीय बैठक बस्ने र यसै बैठकमार्फत भ्रमणका एजेन्डा टुंगो लगाइने जनाइएको छ। यी छलफलपछि प्रधानमन्त्री ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच हैदराबाद हाउस वा बोधगया जस्ता स्थानहरूमा द्विपक्षीय वार्ता हुने विषयमा अन्तिम निर्णय हुने बुझिएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x