“सौन्दर्यीकरण र व्यवस्थित बन्दै नेपालगन्जको ऐतिहासिक तथा लोकप्रिय महेन्द्र पार्क वन्यजन्तु अवलोकनमा बढ्यो रौनक”
नेपालगन्ज, बाँके — नेपालगन्ज उपमहानगरपालिकाभित्र रहेको ऐतिहासिक एवं रमणीय महेन्द्र पार्क यहाँका बासिन्दा तथा आन्तरिक पर्यटकहरूका लागि प्रमुख आकर्षणको केन्द्र बन्दै आएको छ। कोलाहलपूर्ण सहरी जीवनबाट केही क्षण शान्त वातावरणमा समय बिताउन चाहनेहरूका लागि यो पार्क अत्यन्तै लोकप्रिय गन्तव्य मानिन्छ।
हरियाली वातावरण, विभिन्न प्रजातिका बोटबिरुवा, शान्त चौतारी र बालबालिकाका लागि खेलकुदका सामग्रीहरूले महेन्द्र पार्कलाई झन् आकर्षक बनाएको छ। विशेष गरी बिहानको समयमा मर्निङ वाक (व्यायाम) गर्न आउनेहरूको यहाँ बाक्लो भिड लाग्ने गर्दछ। यसबाहेक परिवारसहित घुम्न आउने आन्तरिक पर्यटकहरूका लागि पनि यो उपयुक्त ठाउँ हो।
यसबाहेक यहाँ विभिन्न सामाजिक तथा सांस्कृतिक उत्सव, विवाह र फोटोग्राफीका लागि समेत युवाहरूको भीड लाग्ने गर्दछ।
महेन्द्र पार्क प्रवेश शुल्क पर्यटक तथा स्थानीय आगन्तुकहरूको सहजतालाई ध्यानमा राख्दै यस पार्कको प्रवेश शुल्क निकै सुलभ र साधारण राखिएको छ। साधारण प्रवेश शुल्क प्रतिव्यक्ति रु. २५ रुपैयाँ तोकिएको छ।बालबालिका तथा विद्यार्थीहरूको हकमा स्थानीय व्यवस्थापन र नियम अनुसार छुट वा विशेष सुविधाहरू पनि उपलब्ध हुन सक्नेछन्।
यदि तपाईं नेपालगन्ज आउँदै हुनुहुन्छ वा फुर्सदको समय शान्त वातावरणमा बिताउन चाहनुहुन्छ भने महेन्द्र पार्क एक उत्कृष्ट रोजाइ बन्न सक्छ।


