३० कार्तिक २०८३, आईतवार

शान्ति सुरक्षामा उल्लेखनीय योगदान पुर्‍याएको भन्दै बुटवलका डीएसपी निशान्त श्रीवास्तव सम्मानित

एसीपी संवाददाता

२४ श्रावण २०८३, आईतवार १९:४१ मा प्रकाशित

बुटवल
बुटवल उपमहानगरपालिका क्षेत्रको शान्ति सुरक्षा र अमनचयन कायम गर्न उल्लेखनीय भूमिका निर्वाह गरेको भन्दै इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) निशान्त श्रीवास्तव सम्मानित भएका छन्।

स्वतन्त्र नागरिक समूह र सिमली फाउन्डेसन नेपालको संयुक्त आयोजनामा बुटवल–७, दिपनगरमा आयोजित वृक्षारोपण कार्यक्रममा श्रीवास्तवलाई सम्मान गरिएको हो। कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी डीएसपी श्रीवास्तवलाई सिमली फाउन्डेसन नेपालका तर्फबाट दोसल्ला ओढाएर तथा ‘मायाको चिनो’ प्रदान गरी सम्मान गरिएको आयोजकले जनाएको छ।

डीएसपी श्रीवास्तवको नेतृत्वमा इलाका प्रहरी कार्यालय बुटवलले पछिल्लो समय सुरक्षा व्यवस्था चुस्त बनाउन विशेष अभियानहरू सञ्चालन गर्दै आएको छ। विशेष गरी रातिको समयमा चर्को आवाज निकालेर सर्वसाधारणलाई सास्ती दिने मोटरसाइकल, मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने तथा सडकमा खतरनाक स्टन्ट गर्नेहरू विरुद्ध प्रहरीले ‘साइलेन्ट स्ट्रिट’ अभियानमार्फत कडा निगरानी र नियन्त्रण बढाएको छ।

यसका साथै बुटवलका विभिन्न सुनचाँदी पसलमा भएका चोरीका घटनामा संलग्न गिरोह तथा अपराधीहरूलाई पक्राउ गर्न समेत श्रीवास्तवको नेतृत्व सफल भएको छ। सार्वजनिक कार्यक्रमहरू तथा संवेदनशील परिस्थितिहरूमा प्रभावकारी र जिम्मेवार ढंगले प्रहरी परिचालन गरी नगरको सुरक्षा मजबुत बनाएको भन्दै नागरिक स्तरबाट उनको कार्यसम्पादनको उच्च कदर गरिएको हो।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x