२ भाद्र २०८३, मंगलवार

नेपालगञ्ज उद्योग वाणिज्य संघको निर्वाचन: युवा व्यवसायी आदित्य गुप्ताको सदस्य पदमा उम्मेदवारी, व्यावसायिक हित र प्रविधिमैत्री एजेन्डा प्राथमिकतामा

एसीपी संवाददाता

२ भाद्र २०८३, मंगलवार २०:३७ मा प्रकाशित

नेपालगञ्ज — नेपालगञ्ज उद्योग वाणिज्य संघको आगामी निर्वाचन नजिकिँदै जाँदा चुनावी सरगर्मी बढेको छ। यसैक्रममा नेपालगञ्ज जेसीजका पूर्व अध्यक्ष तथा युवा व्यवसायी आदित्य गुप्ताले संघको आगामी कार्यकालका लागि सदस्य पदमा उम्मेदवारी दिनुभएको छ।

व्यावसायिक क्षेत्रमा सक्रिय उहाँले उद्योगी तथा व्यवसायीहरूको हकहित, व्यापार प्रवर्द्धन र संस्थागत विकासका लागि आफ्नो उम्मेदवारी रहेको स्पष्ट पार्नुभएको छ।

उहाँले अघि सार्नुएका प्रमुख एजेन्डा तथा प्रतिबद्धता व्यवसायीहरूका समस्यालाई संस्थागत रूपमा उठਾएर समाधानका लागि पहल गर्ने , स्थानीय स्तरमा उद्योग र व्यापारको विकास गरी समृद्धिको आधार तयार पार्ने , संस्थाको सञ्चालनमा एकता, सहकार्य र पारदर्शिता कायम गर्ने , व्यावसायिक प्रणालीमा नवीन प्रविधि (Innovation) र डिजिटल रूपान्तरण भित्र्याउने।

नेपालगञ्ज उद्योग वाणिज्य संघको निर्वाचन आगामी भाद्र ६ गते, २०८३, शनिबार का दिन हुने निर्धारण गरिएको छ। युवा व्यवसायी गुप्ताको उम्मेदवारीसँगै नेपालगञ्जका उद्योगी तथा व्यवसायीहरूमा थप उत्साह र नयाँ नेतृत्वप्रतिको अपेक्षा बढेको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x