बाँकेमा नेपाल – भारत जनप्रतिनिधी बिच एक अर्का प्रति विरुवा आदान प्रदान
भाद्र ६ गते बाँके –
नेपाल भारत सीमा ककरधरी स्थित इलाका प्रहरी कार्यालय, भगवानपुर, बाँकेको आयोजनामा भारतीय सीमा सुरक्षा बल (SSB) भारत 62 BNB कम्पनी ककरधरीबिच Green Border Initiative अन्तरर्गत SEEDS OF FRINDSHIP कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल – भारत सुरक्षा अधिकारी तथा जनप्रतिनिधी तथा स्थानीयहरु उपस्थितीमा एक अर्का प्रति विरुवा आदान प्रदान गरी कार्यक्रम समापन भएको थियोे ।
ईलाका प्रहरी कार्यालय भगवान बाँकेको प्रगणमा सम्पन्न उक्त कार्यक्रम एक आपसी मेलमिलाप एक अर्काको सम्मान सहित दुबै मुलुकका जनप्रतिनिधिहरु एक आपस रोटि बेटि सम्बन्धलाई कायम राख्न सधै तात्पर्य रहेको बताएका थिए ।
नेपाल – भारत सम्बन्ध भनेको एक अर्काको सुखदुःखमा साथ रहने सम्बन्ध रहेकोे छ ।
दुबै देशको मैत्रीपूर्ण सम्बन्धलाई थप मधुर बनाउने र स्थानीयस्तरमा समेत वृक्षरोपण तथा सरसफाईको महत्वलाई सांकेतिक रुपमा प्रसार गर्न कार्यक्रम आयोजना गरिएको इलाका प्रहरी कार्यालय भगवानपुरका प्रहरी निरीक्ष सुरेश कोइरालाले जानकारी दिए ।
कार्यक्रममा सशस्त्र सिमा बल एसएसबी ककरदरीका इञ्चार्ज प्रहरी निरीक्षक मुकेश डबरालले यस्ता कार्यक्रमबाट दुबै देशका सुरक्षा निकाय र आम नागरिक बिच सकारात्मक संदेश जाने बताए ।


