११ मंसिर २०८३, बिहीबार

चीनिया नागरिक पक्राउ

एसीपी संवाददाता

३ मंसिर २०८३, बुधबार ०९:२१ मा प्रकाशित

काठमाडौँ : त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट ६३५ दशमलव ९६ ग्राम सुनजस्तो देखिने पहेँलो अर्धठोस पदार्थसहित एक जना चिनियाँ नागरिक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा चीनको ग्वाङडोङ स्थायी ठेगाना भएका ४२ वर्षीय झान गुओकिङ्ग रहेका विमानस्थल सुरक्षा कार्यालयका सहप्रवक्ता एवं प्रहरी नायब उपरीक्षक ढुण्डीराज नेउपानेले जानकारी दिए ।

झान हङकङबाट क्याथे प्यासिफिक एयरलाइन्समार्फत काठमाडौँ आएका थिए । विमानस्थल सुरक्षा कार्यालयका अनुसार शङ्कास्पद गतिविधिका आधारमा जाँच गर्ने क्रममा निजले लगाएको भित्री वस्त्रभित्र प्लास्टिकले बेरेर लुकाइराखेको अवस्थामा सुनजस्तो देखिने पहेँलो गोलाकार अर्धठोस पदार्थ फेला परेको थियो । उक्त पदार्थको तौल ६३५ दशमलव ९६ ग्राम रहेको प्रहरीले जनाएको छ ।

भन्सार छली गरी अवैध रूपमा ल्याउन खोजिएको अवस्थामा उक्त पदार्थ बरामद गरी झानलाई नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक नेउपानेले जानकारी दिए । उक्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x